Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

टुँडिखेलमा ‘भीम रावल हाई हाई’ भन्दै ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवाहरूको हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने गौरा पर्वमा सहभागी हुन सोमबार टुँडिखेल पुगेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताविरुद्ध नाराबाजी भयो। 

नाराबाजीका बीच पनि नेताहरूले सम्बोधन गरे ।कार्यक्रमको सुरुमै कांग्रेस सभापति देउवा प्रवेश गरेका थिए । उनी प्रवेश गर्दा युवाहरू त्यति उत्तेजित थिएनन् । ओलीको प्रवेशपछि भने युवाहरू नाराबाजीमै उत्रिएका थिए । 

आफूविरुद्ध नाराबाजी भएपछि ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । 

नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको उनको भनाइ थियो । 

तर, देउवा भने कड्कीएका थिए,  आफू बोल्दा पनि युवाहरूले नाराबाजी गरेपछि लाज नभएकाहरु भन्दै आक्रोश पोखे। 

देउवा झोक्किँदै भने,  ‘तपाईंहरू जति बोले पनि बोल्नेवाला छु । जति कराउनुुहुन्छ, कराउनुस् । लाज पनि छैन ? कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति, चलन ? यही सिकेर आएको हो ? बदमासहरू ।’

तर, एमालेबाट राजनीतिक किनारामा पारिएका भीम रावल मञ्चमा प्रवेश गर्ने बेला उनीहरूले ‘वि वान्ट भीम रावल’ भन्दै नाराबाजी गरेका थिए । ओली कार्यक्रममा प्रवेश गर्दा विपक्षमा नाराबाजी गरेका युवाहरूले रावल प्रवेश गर्दा भने पक्षमा नारा लगाएका थिए । 

पूर्वउपप्रधानमन्त्री भीम रावल बोल्दा भने युवाहरूले हर्षित भएर सिटी बजाएका थिए । निरन्तर ‘भीम रावल हाई हाई’को नारा लगाएका थिए । 

युवाहरूले काठमाडौं महानगरका मेयर बालेन्द्र साहको पक्षमा हुटिङ गर्दै ओलीका कारण देशले दुःख पाएको, ओली फिर्ता जाऊ, बालेन आऊजस्ता नारा लगाएका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending