सुलीकोट। गोरखामा अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मसानठाँटी-लुइँटेल हुुँदै पालुङटारको ठाँटीपोखरी सडक खण्ड तीन दिनपछि सुचारु भएको छ । आइतबारदेखि परेको वर्षाका कारण मसानठाँटी-लुइँटेल-ठाँटीपोखरी सडकको पुतलीखेतस्थित मालेबगरमा गएको पहिरोलाई तीन दिनपछि पन्छाएर सडक सुचारु गरिएको हो ।
झण्डै ६० मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरुमा ढुङ्गा, माटो र ठुला रुखहरुलाई पन्छाउन पालुङटार नगरपालिकाको जेसिबी प्रयोग गरी तीन दिनपछि सडक पूर्णरुपमा सञ्चालनमा आएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले जानकारी दिए । उनका अनुसार यस सडक गोरखाबाट पालुङटार नगरपालिका, तनुहँ र लम्जुङ जाने मुख्य सडक भएकाले पनि ठुलो पहिरो निरन्तर गइरहेकाले पनि पालुङटार नगरपालिका, स्थानीय जनप्रतिनिधि, मध्यपहाडी लोकमार्गको कार्यालयलको समन्वयमा निरन्तर प्रयास गर्दा पनि जेसिबीले ३ दिनमा बल्ल बल्ल बाटो खुलाइएको उनले बताए ।
पालुङटार नगरपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए । एउटै सडकमा ठुलो पहिरो गएकाले धेरै समय लागेकाले सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध भएको सडक पालुङटार नगरपालिका(२ पुतलीखेतस्थित मालेबगरमा पहिरो जाँदा गोरखा नगरपालिकाका सिमानमा रहेका विद्यार्थीहरु पालुङटार नगरपालिकामा पढ्न आउने विद्यार्थी र पालुङटार नगरपालिकाबाट गोरखा नगरपालिकाभित्रका विद्यालयमा पढ्न आउने विद्यार्थी, स्थानीयलाई पैदल यात्रा गर्न समस्या परेको थियो ।
सडक सुचारु भएपछि गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, तनुहँको आँबुखैरेनी र पालुङटार नगरपालिकाबाट लम्जुङको राइनास नगरपालिका आवतजावत गर्ने यात्रुवाहक सवारीसाधन तथा विद्यार्थी बोक्ने सवारी साधनहरु सुचारु हुन थालेका जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
गोरखाका अधिकांश ग्रामीण सडक खण्डहरुमा पहिरो खस्ने, सडक खाल्डाखुल्डी पर्ने पानी जम्ने कारणले गर्दा सवारी साधनहरु गन्तव्यमा मुस्किलले पुग्ने गरेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १०:३०
बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहन...
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...


प्रतिकृया लेख्नुहोस्: