सुलीकोट। गोरखामा अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मसानठाँटी-लुइँटेल हुुँदै पालुङटारको ठाँटीपोखरी सडक खण्ड तीन दिनपछि सुचारु भएको छ । आइतबारदेखि परेको वर्षाका कारण मसानठाँटी-लुइँटेल-ठाँटीपोखरी सडकको पुतलीखेतस्थित मालेबगरमा गएको पहिरोलाई तीन दिनपछि पन्छाएर सडक सुचारु गरिएको हो ।
झण्डै ६० मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरुमा ढुङ्गा, माटो र ठुला रुखहरुलाई पन्छाउन पालुङटार नगरपालिकाको जेसिबी प्रयोग गरी तीन दिनपछि सडक पूर्णरुपमा सञ्चालनमा आएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले जानकारी दिए । उनका अनुसार यस सडक गोरखाबाट पालुङटार नगरपालिका, तनुहँ र लम्जुङ जाने मुख्य सडक भएकाले पनि ठुलो पहिरो निरन्तर गइरहेकाले पनि पालुङटार नगरपालिका, स्थानीय जनप्रतिनिधि, मध्यपहाडी लोकमार्गको कार्यालयलको समन्वयमा निरन्तर प्रयास गर्दा पनि जेसिबीले ३ दिनमा बल्ल बल्ल बाटो खुलाइएको उनले बताए ।
पालुङटार नगरपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए । एउटै सडकमा ठुलो पहिरो गएकाले धेरै समय लागेकाले सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध भएको सडक पालुङटार नगरपालिका(२ पुतलीखेतस्थित मालेबगरमा पहिरो जाँदा गोरखा नगरपालिकाका सिमानमा रहेका विद्यार्थीहरु पालुङटार नगरपालिकामा पढ्न आउने विद्यार्थी र पालुङटार नगरपालिकाबाट गोरखा नगरपालिकाभित्रका विद्यालयमा पढ्न आउने विद्यार्थी, स्थानीयलाई पैदल यात्रा गर्न समस्या परेको थियो ।
सडक सुचारु भएपछि गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, तनुहँको आँबुखैरेनी र पालुङटार नगरपालिकाबाट लम्जुङको राइनास नगरपालिका आवतजावत गर्ने यात्रुवाहक सवारीसाधन तथा विद्यार्थी बोक्ने सवारी साधनहरु सुचारु हुन थालेका जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
गोरखाका अधिकांश ग्रामीण सडक खण्डहरुमा पहिरो खस्ने, सडक खाल्डाखुल्डी पर्ने पानी जम्ने कारणले गर्दा सवारी साधनहरु गन्तव्यमा मुस्किलले पुग्ने गरेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: