काठमाडौं । स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन् ।
व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै उनले मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भैरहेको बताए ।
‘झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रुपमा निगरानी भइ रहेको छ,’ उनले भने । ललितपुर ३ की सांसद तोसिमा कार्कीले दर्ता गराएका हैजा महामारीका कारण निम्तन सक्ने स्वास्थ्य संकटका लागि पूर्वानुमान नियन्त्रण र द्रुत कार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धको ध्यानाकर्षण प्रस्तावमाथि स्पष्टीकरण दिंदै मन्त्री पौडेलले हाल देशैभर ६८ जनामा संक्रमण देखिएकामा हाल ४ जना मात्र बिरामी रहेको र उनीहरु पनि उपचाररत रहेको उल्लेख गरे ।
‘बिरामी नियन्त्रण दर बढेको छ,’ उनले भने, ‘तीनै तहसँग मिलेर नियन्त्रण तथा द्रुत कार्य पनि भैरहेकाले अहिल्यै स्वास्थ्य संकटकाल लगाउनु आवश्यक देखिन्न । ’ मन्त्री पौडेलले डेंगु तथा हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात रहेको र कतै महामारी फैलिएमा आवश्यक कार्यका लागि हटलाइन नम्बर १११५ को व्यवस्थासहित सूचना प्रणालीसमेत प्रभावकारी बनाइएको जानकारी दिए ।
महामारी नियन्त्रणमा खानेपानी मन्त्रालयसँग समेत समन्वय भैरहेको भन्दै उनले जोखिम हुने ठाउँमा बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमुना जाँच कार्य भइरहेको र आवश्यक ठाउँमा भ्याक्सिन चाहिएमा आवश्यक तयारी गरिएको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले भने, हैजा यकिन भएका ठाउँमा साझेदार संस्थासँग वडालक्षित सरसफाई तथा शुद्ध खानेपानी अभियान सञ्चालन गर्न समन्वय भैरहेको छ ।
मन्त्री पौडेलले हैजा नियन्त्रण रोकथाम योजना २०२४ बनाएर आवश्यक काम भैरहेको भन्दै हैजा तथा डेंगु नियन्त्रणका लागि सचेतना फैलाउन स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र मार्फत जानकारीमूलक सामग्रीसमेत प्रचार भैरहेको संसदसमक्ष जानकारी गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - २२:०१
बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...
बैशाख ३१ गते, २०८३ - २१:३९
काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...
बैशाख ३१ गते, २०८३ - २१:३२
काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...
बैशाख ३१ गते, २०८३ - २१:२६
काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...
बैशाख ३१ गते, २०८३ - २०:१६
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...
बैशाख ३१ गते, २०८३ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...
बैशाख ३१ गते, २०८३ - २०:०५
संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास
बैशाख ३१ गते, २०८३ - १९:५९
काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...



प्रतिकृया लेख्नुहोस्: