काठमाडौं। नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन्।
बुधबार संसदमा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद बाहिर पनि चर्किने देखिएको छ। बुधबार योगेशको संसदमा माओवादीप्रति आक्रामक सम्बोधनपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन्।
यसैक्रममा माओवादी केन्द्रका सांसद राजन दाहालले योगेशलाई ‘बैगुनी केटो’ भन्दै महान जनयुद्धको बेलामा प्राप्त उपलब्धिहरु उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने ? भन्दै प्रश्न गरेका छन्।
सांसद दाहालले आफ्नो स्ट्याटसमा योगेशलाई नम्बरी ठग समेत भनेका छन्। दाहाललले लेखेको सो स्ट्याटस माओवादी केन्द्रका उपमहासचिव एवं पुर्व अर्थमन्त्री जनार्दन शर्माले समेत फेसबुक मा शेयर गरेका छन्।
त्यस्तै विहीबार संसद बैठकमा माओवादी केन्द्रका सांसद छिरिङ डुम्डुल लामाले योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाएका छन् । उनले आफैं हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका थिए। उनले भने–जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - २२:०१
बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...
बैशाख ३१ गते, २०८३ - २१:३९
काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...
बैशाख ३१ गते, २०८३ - २१:३२
काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...
बैशाख ३१ गते, २०८३ - २१:२६
काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...
बैशाख ३१ गते, २०८३ - २०:१६
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...
बैशाख ३१ गते, २०८३ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...
बैशाख ३१ गते, २०८३ - २०:०५
संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास
बैशाख ३१ गते, २०८३ - १९:५९
काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...



प्रतिकृया लेख्नुहोस्: