Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

योगेश भट्टराईलाई आन्दोलनको अवमूल्यन गर्ने छुट छैनः सा‌सद सापकाेटा

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले आन्दोलनको अवमूल्यन गर्न नपाइने बताएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले यस्तो बताएका हुन् ।

सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बुधबार प्रतिनिधि सभामा राखेको भनाइप्रति कटाक्ष गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।  “जनयुद्ध र आन्दोलनलाई अपमान र खिसीटिउरी गर्न पाइँदैन । माननीय योगेश भट्टराईलाई आफ्नो नेतारनेतृत्वको चाकडी गर्ने अधिकार छ तर, आन्दोलनलाई अवमूल्यन गर्ने अधिकारी छैन,” सांसद सापकोटाले भने ।

संविधान नै जनयुद्धलाई ‘सशस्त्र सङ्घर्ष’ भनेको र बोल्दा लेख्दा त्यही प्रयोग हुनुपर्ने उनले बताए । “संविधानले जनयुद्धलाई सशस्त्र सङ्घर्ष भन्छ । आन्दोलन वीरताको गाथा हो, ओजको गरिमा हो । यसलाई दबाउन पाइँदैन,” उनले भने, “बोल्ने क्रममा त्यही भन्नुपर्छ । पार्टी बैठक, भेला, प्रशिक्षणहरूमा भन्नुस् तर, संसद्‌मा मिल्दैन ।”

सांसद सापकोटाले नेकपाकालीन समयमा उनै योगेश भट्टराईले जनयुद्ध स्वीकार गरेको तर, अहिले आएर त्यसविरुद्ध नै लागेको बताए ।

यसअघि बुधबार योगेश भट्टराईले माओवादीले सञ्चालन गरेको जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । यसपछि केहीबेर संसद्‌ भाँडिएको थियो । यसको जवाफ दिँदै सांसद सापकोटाले यस्तो बताएका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending