काठमाडौं । अमेरिकामा वेपत्ता भएकी ममता काफ्लेको विषयमा प्रहरी अनुसन्धान जारी रहँदा नेपाली समूदायलाई उनकी एक वर्षकी छोरीको बारेमा चासो र चिन्ता छ ।
ममताका श्रीमान नरेश भट्ट पक्राउ पर्दा उनकी छोरीलाई प्रहरी अधिकारीले ब्ल्यांकेटमा छोपेर सेफ हाउसतर्फ लगेका थिए ।
खुशीको खबर के छ भने ‘मिनी ममता’ ९प्रहरीले दिएको नाम० ले अहिले आफ्नी हजुरआमाको काख पाएकी छन् । ममताकी आमा र भाइ मंगलबार बिहान अमेरिका पुगेका थिए । पुगेलगत्तै उनीहरुले ‘मिनी ममता’ लाई जिम्मा लिएका हुन् ।
ममताकी आमालाई अमेरिका ल्याउन पहल गरेकी इमिग्रेसन वकिल बन्दा शर्मा दाहाल उनीहरुलाई ‘प्राइभेसी’ दिन अपिल गरेकी छन् । ‘उहाँहरु अरुसँग कुरा गर्ने अवस्थामा हुनुहुन्न, केही समय उहाँहरुलाई कुनै पनि दख्खल नदिन आग्रह गर्छु,’ उनले भनिन् ।
दाहालका अनुसार हजुरआमा आउनुअघि ममताकी एक निकट साथीले उनको छोरीको हेरविचार गरिरहेकी थिइन् । ‘मिनी ममता’ लाई सबैले माया गरेको र उनी राम्रो अवस्थामा रहेको दाहाल बताउँछिन् ।
ममताकी छोरीका लागि नेपाली समूदायले आर्थिक संकलन अभियान चलाइरहेका छन् । गो फन्ड मार्फत अहिलेसम्म २ लाख ६० हजार डलर संकलन भइसकेको छ । साढे दुई लाख डलरको लक्ष्य राखेर अभियान सुरु गरिएको हो । गो फन्ड मीमै अर्को अभियानमा ३० हजार डलर संकलन भएको छ । संकलित सबै रकम ममताकी छोरीको भविष्यका लागि हो ।
ममताका श्रीमान नरेश प्रहरी हिरासतमा नै छन् । आज उनको ‘मोसन हियरिङ’ हुँदैछ । सुनवाइमा ममताकी आमा र भाइ अदालत नजाने बताइएको छ । उनीहरु मिडियासँग बोल्न सक्ने अवस्थामा छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...
मंसिर २३ गते, २०८२ - ०६:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...




प्रतिकृया लेख्नुहोस्: