Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

बेपत्ता ममता काफ्लेको अवस्था अझै अज्ञात

हजुरआमाको काखमा पुगेकी काफ्लेकी छोरीको लागि नेपाली समूदायबाट उठ्यो साढे ३ करोड

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकामा वेपत्ता भएकी ममता काफ्लेको विषयमा प्रहरी अनुसन्धान जारी रहँदा नेपाली समूदायलाई उनकी एक वर्षकी छोरीको बारेमा चासो र चिन्ता छ ।

ममताका श्रीमान नरेश भट्ट पक्राउ पर्दा उनकी छोरीलाई प्रहरी अधिकारीले ब्ल्यांकेटमा छोपेर सेफ हाउसतर्फ लगेका थिए ।

खुशीको खबर के छ भने ‘मिनी ममता’ ९प्रहरीले दिएको नाम० ले अहिले आफ्नी हजुरआमाको काख पाएकी छन् । ममताकी आमा र भाइ मंगलबार बिहान अमेरिका पुगेका थिए । पुगेलगत्तै उनीहरुले ‘मिनी ममता’ लाई जिम्मा लिएका हुन् ।

ममताकी आमालाई अमेरिका ल्याउन पहल गरेकी इमिग्रेसन वकिल बन्दा शर्मा दाहाल उनीहरुलाई ‘प्राइभेसी’ दिन अपिल गरेकी छन् । ‘उहाँहरु अरुसँग कुरा गर्ने अवस्थामा हुनुहुन्न, केही समय उहाँहरुलाई कुनै पनि दख्खल नदिन आग्रह गर्छु,’ उनले भनिन् ।

दाहालका अनुसार हजुरआमा आउनुअघि ममताकी एक निकट साथीले उनको छोरीको हेरविचार गरिरहेकी थिइन् । ‘मिनी ममता’ लाई सबैले माया गरेको र उनी राम्रो अवस्थामा रहेको दाहाल बताउँछिन् ।

ममताकी छोरीका लागि नेपाली समूदायले आर्थिक संकलन अभियान चलाइरहेका छन् । गो फन्ड मार्फत अहिलेसम्म २ लाख ६० हजार डलर संकलन भइसकेको छ । साढे दुई लाख डलरको लक्ष्य राखेर अभियान सुरु गरिएको हो । गो फन्ड मीमै अर्को अभियानमा ३० हजार डलर संकलन भएको छ । संकलित सबै रकम ममताकी छोरीको भविष्यका लागि हो ।

ममताका श्रीमान नरेश प्रहरी हिरासतमा नै छन् । आज उनको ‘मोसन हियरिङ’ हुँदैछ । सुनवाइमा ममताकी आमा र भाइ अदालत नजाने बताइएको छ । उनीहरु मिडियासँग बोल्न सक्ने अवस्थामा छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

हर्क–सुदन एकताको अन्तिम कसरत : पद बाँडफाँटको ‘ब्लूप्रिन्ट’ तयार

काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

स्वास्थ्यमा सरुवाः कसको कहाँ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका ११औं तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरिय निर...

नाम ‘सुकुमबासी’, तर जग्गा प्रशस्त : थापाथलीको यथार्थले उठायो गम्भीर प्रश्न

काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending