Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

ब्रजिलमा प्रहरीको तथ्यांक- शरण खोज्ने प्रत्येक पाँच जनामध्ये औसतमा एक नेपाली, कसरी पुग्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । ब्रजिलको प्रहरीअन्तर्गतको गुप्तचर निकायले विगत डेढ वर्षमा उक्त देशमा शरण माग्नेहरूमध्ये तेस्रो ठूलो सङ्ख्या नेपालीहरूको रहेको प्रतिवेदन दिएलगत्तै नेपालीहरूले ट्रान्जिटका लागि अग्रिम भिसा लिनुपर्ने नियम ब्रजिलले लागु गरेको पाइएको छ।

बीबीसी ब्रजिलले नयाँ अध्यागमन नियमको सम्बन्ध शरण माग्ने नेपालीहरूको सङ्ख्यासँग सम्बन्धित रहे वा नरहेकोबारे उक्त देशका निकायहरूसँग सोधेको छ। तर त्यसको जवाफ बीबीसीलाई प्राप्त भइसकेको छैन।

ब्रजिलियामा रहेको नेपाली दूतावासले हालै नेपालसहितका केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएर मात्रै ब्रजिल प्रवेशको अनुमति दिने नियम आएको र नेपालीलाई उक्त देशले शरण नदिने नीति ल्याएको जनाएको थियो।

“अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सीधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ,” ब्रजिलको नयाँ नियमबारे नेपाली दूतावासको विज्ञप्तिमा भनिएको छ।

ब्रजिलले सोमवारबाट नयाँ अध्यागमन नीति कार्यान्वयनमा ल्याएको हो। यससँगै ब्रजिलको सबैभन्दा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल साओ पाउलोस्थित ‘गुहारुल्युस’मा अलपत्र परेका १७६ जना नेपालीहरूलाई स्वदेश फर्काउने पहल भइरहेको अधिकारीहरूले बताएका छन्।

शरण माग्ने नेपालीको सङ्ख्या

ब्रजिलको प्रहरीको 'इन्टेलिजन्स डेटा अन्यालसिस सेन्टर'ले सन् २०२३ को ज्यानुअरीबाट २०२४ को जुलाईसम्म उक्त देशमा शरण माग्न आउने देशका नागरिकहरूबारे अध्ययन गरेको थियो।

एक महिनाअघि उक्त निकायले बुझाएको प्रतिवेदनमा ब्रजिलमा विगत डेढ वर्षमा शरण माग्ने ८,३०० बढी मानिसहरूमध्ये करिब १,९०० जना नेपालीहरू रहेको उल्लेख छ।

ब्रजिलमा विगत डेढ वर्षमा शरणार्थी बन्न निवेदन दिएकाहरूमध्ये सबैभन्दा धेरै २३.९ प्रतिशत भारतीयहरू छन्। त्यसपछि भियतनामी २३.५ प्रतिशत र नेपाली २२.८ प्रतिशत छन्।

प्रहरी गुप्तचर निकायको प्रतिवेदनअनुसार पछिल्लो डेढ वर्षको अवधिमा उक्त देशमा शरण माग्नेहरूको ७० प्रतिशत हिस्सा भारत, भियतनाम र नेपालबाट गएका मानिसहरूको छ।

ब्रजिलमा पाकिस्तान र बाङ्ग्लादेशजस्ता दक्षिण एशियाली देशहरू र केही अफ्रिकी देशहरूबाट पुगेकाहरूले पनि शरण माग्नेहरूको सङ्ख्या उल्लेख्य देखिएको त्यहाँको सङ्घीय प्रहरीले जनाएको छ।

शरण माग्नेमध्ये ९८% 'ब्रजिलमा बस्दैनन्'

प्रहरीका अनुसार उनीहरू ब्रजिलको भिसा नलिई ट्रान्जिटका रूपमा उक्त देश पुग्ने गरेका छन् र विमानस्थलमा शरणार्थी बन्ने आवेदन दिएर शरणार्थीका रूपमा ब्रजिल प्रवेश गर्ने गरेका छन्।

“शरणार्थीका रूपमा देश प्रवेश गरेपछि उनीहरू अमेरिका र क्यानडा जाने उद्देश्यले पेरूतर्फ जाने गरेका छन्,” ब्रजिलको प्रहरी प्रतिवेदनमा भनिएको छ।

नेपाली दूतावासले पनि नेपालीहरूलाई अमेरिका र क्यानडाजस्ता देशहरूमा लैजान ब्रजिललाई बाटोको रूपमा प्रयोग गर्ने क्रम बढेको जनाएको छ।

“दक्षिण अमेरिकाका ब्रजिललगायतका मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो छ। सङ्गठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ,” दूतावासले मङ्गलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ब्रजिलको प्रहरी गुप्तचर एकाइको प्रतिवेदन अनुसार उक्त देशमा शरण माग्दै निवेदन दिएकाहरूमध्ये अधिकांशले देश छोडेर अर्को देशमा पुग्ने गरेका छन्।

प्रहरीका अनुसार शरण माग्नेहरूमध्ये १.४१ प्रतिशत व्यक्तिहरू मात्रै 'न्याश्नल इमिग्रेशन सिस्टम' भनिने आप्रवासन प्रणालीमा दर्ता भएका छन्।

अर्को शब्दमा विमानस्थलमा शरण माग्नेहरूमध्ये ९८.५९ प्रतिशत व्यक्तिहरूले या त देश छोडिसकेका हुन्छन् वा उनीहरू गैरकानुनी हैसियतमा रहेका हुन्छन्।

सङ्घीय प्रहरीका अनुसार शरणार्थीको प्रणालीमा नरहेका शरण माग्नेहरूमध्ये १,५०१ जना मात्रै ब्रजिलबाट बाहिरिएको अभिलेखमा भेटिएको छ। त्यसमध्ये १,३९१ जनाले शरणका लागि आवेदन दिएको एक महिनाभित्रै देश छोडेका पाइएको छ। देशबाट बाहिरिनेहरू ब्रजिलको उत्तर पश्चिमी देशमा पर्ने एकर राज्य हुँदै पेरू जाने गरेको प्रहरीको गुप्तचर एकाइले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

किन ब्रजिलमा शरण माग्न पुग्छन् नेपालीहरू

यसअघि ब्रजिलको अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर अर्को देश जाने हवाई यात्रुहरूलाई ट्रान्जिट भिसा आवश्यक पर्ने नियम थिएन।

ब्रजिलको प्रहरीका अनुसार नयाँ नियम लागु हुनुअघिसम्म उक्त देशमा ट्रान्जिट भिसा नचाहिने भएकाले त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्थे। तर गैरकानुनी बाटोबाट अमेरिका जान चाहनेहरू त्यहाँको विमानस्थलमा उत्रिएपछि गन्तव्य देशतर्फ नलागी शरणका लागि निवेदन दिने गरेका थिए।

ब्रजिलमा यसअघि शरणका लागि निवेदन दिएपछि देशभित्र स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने नियम थियो। त्यसकारण उनीहरू ब्रजिलका विभिन्न भूभाग हुँदै गैरकानुनी रूपमा उत्तर अमेरिकी देशहरू जाने बाटो पछ्याउँदै ब्रजिलबाट बाहिरिन्थे।

प्रहरीको प्रतिवेदनअनुसार कतिपय त्यसरी देश बाहिर जानेहरूले सडक मार्गको प्रयोग गर्ने र अध्यागमन छल्ने गरेका कारण उनीहरूको अभिलेख पनि नभेटिने अवस्था रहन्थ्यो।

नयाँ नियममा के छ ?

ब्रजिलको नयाँ नियमले शरण लिन पूर्ण रूपमा रोक लगाएको भने छैन। तर अब त्यहाँ शरणका लागि निवेदन दिनेहरूले देशभित्र हिँडडुल गर्नका लागि आफ्नो देशमा आफूलाई सताइएको वा जोखिम भएको पुष्टि गर्न सक्नुपर्छ। नभए ब्रजिलबाट उनीहरूलाई फिर्ता पठाइने भनिएको छ।

त्यहाँको सरकारले अर्को देश जाने उद्देश्यले आफ्नो देशलाई ट्रान्जिट बनाउनका लागि भिसा नलिएकालाई पनि स्वदेश फर्काइने जनाएको छ।

यस्तो नियम सबै देशका नागरिकहरूका लागि भने लागु गरिएको छैन। ब्रजिलमा जानका लागि भिसा लिनुपर्ने देशका नागरिकहरूका लागि मात्रै यो नियम लागु हुने भनिएको छ।

नेपालीहरूले पनि ब्रजिलमा भिसा लिएर मात्रै जान पाउँछन्। मानव तस्करको प्रलोभनमा परेर अमेरिका जान हिँडेकाहरूमध्ये कैयौँले “अकल्पनीय पीडा बेहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको” भन्दै दूतावासले सचेत गराएको छ।

“मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यसप्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,” नेपाली दूतावासले भनेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताएका छन्।

ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending