काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या बन्दुकधारीले लुटपाटको उद्देश्यले गरेको प्रहरीले जनाएको छ ।
बुधबार पक्राउ परेका आरोपी ५१ वर्षिय बबिसिंह साहको दिएको बयानमा यस्तो खुलेको नेपयोर्कले जनाएको छ ।
ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले साहविरूद्ध हत्या र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको छ । साह गत शनिबार राति ८ः४० बजे मुना बस्ने अपार्टमेन्टमा पुगेका थिए । पेस्तोलसहित पुगेका उनले केहीबेर ढोका ढक्ढकाए । ढोका खोलेर बाहिर निस्केकी मुनाले सोधखोज गर्न नपाउँदै उनले कोठा भित्रतर्फ धकेलेको र आफूपनि प्रवेश गरी भित्रबाटै चुकुल लगाएका थिए ।
प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजअनुसार त्यसको एक घन्टापछि अभियुक्त घरबाहिर निस्किएका थिए । त्यही रात छिमेकीहरूले केही पड्केको असामान्य आवाज सुनेको पनि प्रहरीलाई बताएका छन् ।
मुना सोमबार साँझ पौने ६ बजे मृत भेटिएकी थिइन् । उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार मुनाको टाउको पछाडिको भागमा पनि एउटा गोली प्रहार भएको छ । पक्राउ परेका बबिलाई बिहीबार प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई जमानतमा छाड्न अस्वीकार गरिसकेको छ । उनी यसअघि पनि पटक–पटक जेल परेको पाइएको छ । उनीविरूद्ध दर्ता भएको अभियोगमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय माग गरिएको नेपयोर्कले जनाएको छ ।
स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी २१ वर्षीया पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - २१:०६
काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...
बैशाख ११ गते, २०८३ - २१:०४
काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...
बैशाख ११ गते, २०८३ - १९:२५
काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...
बैशाख ११ गते, २०८३ - १९:०८
पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...
बैशाख ११ गते, २०८३ - १९:०३
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...
बैशाख ११ गते, २०८३ - १८:५८
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...
बैशाख ११ गते, २०८३ - १८:५६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...
बैशाख ११ गते, २०८३ - १८:५३
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका ११औं तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरिय निर...
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...
बैशाख १० गते, २०८३ - २२:३०
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...


प्रतिकृया लेख्नुहोस्: