Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

‘हसिनालाई भारतबाट फिर्ता गर्न आग्रह गर्न सकिन्छ’

खबरडबली संवाददाता

ढाका । पूर्व प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बङ्गलादेशका अधिकारहिरूले बताएका छन् ।

बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला आफ्नो देशले पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्न सक्ने बताएका हुन् । यसले भारत सरकारलाई अफ्ठ्यारोमा पार्न सक्ने उनले बताए । 

ढाकामा रोयटर्स टिभीलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले भने, “उहाँको विरूद्धमा धेरै मुद्दा छन् । उहाँ भारतको राजधानी दिल्लीमा बस्दा प्रश्न उठ्न सक्छ । यदि गृह मन्त्रालय र कानून मन्त्रालयबाट अनुरोध आयो भने हामीले उहाँलाई बङ्गलादेश फर्काउन आग्रह गर्नुपर्ने हुनसक्छ र त्यसले भारत सरकारका लागि लज्जाजनक स्थिति सिर्जना गर्छ ।”

“भारत सरकारलाई यो थाहा छ र मलाई लाग्छ उनीहरूले यसलाई गम्भीर रूपमा लिनेछन्,” होसेनले भने । बङ्गलादेशमा आन्दोलनमा उच्च सहभागिता देखिएपछि र यो सिधै प्रधानमन्त्रीको कार्यालयतर्फ लक्षित भएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत पुगेकी थिइन् । त्यसपछि बङ्गलादेशका सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेकाे थियाे । 

हसिना प्रधानमन्त्री रहेका समय विद्यार्थी समूहले सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणमा व्यापक अनियमितता हुने गरेको भन्दै यसको खारेजीका लागि शुरू भएको आन्दोलन अन्ततः हसिनाको सत्ता बहिर्गमनको कारक बन्न पुगेको थियो । उनिविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोह हिंसात्मक बनेको थियो । ढाका ट्रिब्युनका अनुसार हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा मानव अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ । 

बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार मानवअधिकार उल्लङ्घनबाहेक हसिनाविरुद्ध थुप्रै मुद्दा दर्ता भएका छन् ।
मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकार पूर्व प्रधानमन्त्री हसिनाले भारतमा बसेर दिने अभिव्यक्तिप्रति ’निकै दुःखी’ रहेको र यसबारे भारतीय राजदूतलाई एक भेटमा अवगत गराएको वर्तमान सरकारका विदेश मामिला सल्लाहकार होसेनले बताए । 

होसेनले रोयटर्स टिभीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “पूर्व प्रधानमन्त्रीबाट भारतबाट जसरी वक्तव्य आइरहेका छन्, त्यसबाट वर्तमान् सरकारका प्रमुख प्रोफेसर युनुस निकै दुःखी हुनुहुन्छ । मैले यो कुरा भारतीय उच्चायुक्तलाई अवगत गराएको छु ।” उनले रोयटर्स टिभीसँगको अन्तर्वार्तामा अगाडि भने, “मैले प्रेसलाई पनि भनेको छु कि हामी पारदर्शी सम्बन्धमा विश्वास गर्छौँ । त्यसैले हामीले यो सन्देश दिएका हौँ । वास्तवमा त्यहाँ केही गोप्य आधारहरू हुन सक्छन्। हामी आशा गरौं कि उनीहरूले सम्बन्धमा दरार आउने गतिविधिबारे सोचविचार गर्नेछन् ।”

होसेनले सेप्टेम्बरसम्ममा बङ्गलादेशमा निर्वाचनको सम्भावनाबारे समयसीमाबारे जानकारी आउने बताए । उनले भने, “सल्लाहकार परिषदमा रहेका मेरा सबै सहकर्मीहरू वातावरणलाई सामान्य अवस्था फर्काउने काममा निकै व्यस्त छन्। मलाई लाग्छ सेप्टेम्बरदेखि सबै कुरा सामान्य हुनेछ, सामान्य अवस्था र सामान्य काम गर्ने तरिका सुरु हुनेछ ।”
रोहिङ्ग्यालाई शरण दिने विषयमा होसेनले बङ्गलादेशले आफ्नो हिस्साभन्दा बढी काम गरेको र थप रोहिङ्ग्या प्रवेश गर्न दिन सक्ने अवस्थामा नरहेको बताए । उनले भारतलगायत अन्य देशले पनि यसको जिम्मेवारी लिनुपर्ने बताए । 

उनले भने, “हामी थप रोहिङ्ग्या प्रवेश गर्न दिन सक्ने अवस्थामा छैनौं । यो एउटा मानवीय मुद्दा हो, जसले बङ्गलादेशलाई मात्र होइन, पूरै विश्वलाई समेटेको छ । हामीले आफ्नो हिस्साभन्दा बढी काम गरेका छौं र यसको जिम्मा विश्वले लिनुपर्छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE