Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

निजगढमा तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुरु गर्ने

खबरडबली संवाददाता

बारा ।  बाराको निजगढ नगरपालिकामा निर्माणाधिन रहेको तिलगंगा आँखा अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय परियोजना सल्लाहकार समितिले अस्पताल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत पुगेको र अबको केही दिनमा पुरा कार्यसम्पन्न गरी आगामी कार्तिक २८ गते उद्घाटन गर्ने तयारीमा रहेको बताएको हो । 

उद्घाटन भएलगतै आँखा अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन गर्ने जानकारी गराइएको छ । निजगढ नगरपालिका–९ स्थित अस्पताल रोडमा २०७५ बाट शुरु भएको आँखा अस्पताल निर्माणमा अष्ट्रेलियन दाता संस्था फ्रेड होलोज फाउन्डेसनले करिब १९ करोड लगानी गरेको छ । 

मोफसलकै ठुलो आँखा अस्पतालका रुपमा निर्माण भइरहेको निजगढ तिलगंगा अस्पतालको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको बताईएको छ । ५ वर्षभित्र सम्पन्न हुने गरी निर्माण शुरु भएको भवन निमार्ण निर्धारित समयभन्दा २ वर्षअघि नै पुरा हुन लागेको हो ।

आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा नेत्र अस्पतालले आँखा उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न भएपछि अस्पतालले बहिरंग सेवा, विशेषज्ञ सेवा, बिस्तारित सेवा र नियमित शल्यकृया सेवा संचालन गर्ने बताइएको छ । 

समितिका संयोजक निजगढ नगरपालिकाका मेयर सुरथ पुरीको अध्यक्षतामा स्थानीय परियोजना सल्लाहकार समितिको बिहिबार साझ निजगढ नगरपालिका कार्यालयमा बसेको बैठकले आगामी पाँच वर्षको लागि नयाँ परियोजना प्रस्ताव गर्ने, स्थानीयलाई उपचारमा सहुलियत प्रदान गर्ने र अस्पताल सञ्चालनमा आएपछि प्रचारप्रसार गर्ने तथा दिगो व्यवस्थापन र सञ्चालन गर्ने गरि काम अगाडि बढाउन केन्द्रिय समितिलाई सुझाव दिने निर्णय पनि गरेको छ ।  

बैठकमा नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, फ्रेड होलोज फाउन्डेसनकी कन्ट्री म्यानेजर एन्जिला दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, रेडक्रस निजगढका पूर्व सभापति नारायणप्रसाद शर्मा, फ्रेड होलोज फाउन्डेसनका फाईनान्स अप्रेशन कोडिनेटर अभिनम कुशवाह, अस्पतालका प्रोजेक्ट म्यानेजर रामगोपाल प्याथ लगायतको उपस्थिति रहेको थियो ।

तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढ ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालले समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending