Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

पूर्वपञ्च बस्याल बने गण्डकीको पर्यटन मन्त्री

खबरडबली संवाददाता

पोखरा । प्रदेशसभाको दोस्रो कार्यकालका लागि २०७९ सालको प्रदेशसभा चुनावमा पर्वत १(ख) बाट एमाले नेता मित्रलाल बस्याल निर्वाचित भएका थिए । संसद्‌मा सबैभन्दा ज्येष्ठ सदस्यको रुपमा सोही वर्ष १३ पुसमा उनले तत्कालीन प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयता शपथ लिएका थिए।

२०१४ भदौ ५ मा पर्वतको हुवास (हाल पैयूँ गाउँपालिका ५) मा जन्मिएका उनी अहिले ७३ वर्षका भए। उमेरमा पाका उनै बस्यालले अहिले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

संघीय सरकारमा कांग्रेस–एमाले सत्तागठबन्धनमा सहमतिको ठिक २ महिनापछि गण्डकी सरकार पुनर्गठन हुँदा एमालेले उनलाई मन्त्री पद दिएको हो । एमाले उपमहासचिव एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङनिकट बस्यालले सोमबार पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन् । उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् ।

नवलपुरकी पदमा जिसी श्रेष्ठ नेतृत्वमा ४ मन्त्री लिएर एमाले सरकारमा गएको छ। पदमाले कृषि, भूमि, व्यवस्था तथा सहकारी, बागलुङका कृष्णप्रसाद पाठकले स्वास्थ्य र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायातको जिम्मेवारी पाएका छन् । योसँगै गण्डकीमा ९ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको छ।

मित्रलालको राजनीतिक यात्रा भने २०३५ सालमा वडा सदस्यमा निर्वाचित भएसँगै शुरुवात भएको हो । २०४३ सालमा उनी जनपक्षीय प्रधानपञ्च समेत बने । २०४७ सालमा नेकपा एमाले पार्टीको सदस्य बनेका उनी २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित भए । २०४९ सालमा जिल्ला कमिटी सदस्य र २०५४ सालमा जिविस सदस्य चुनिए।

२०६२ सालमा एमाले क्षेत्रीय कमिटी अध्यक्ष भएका बस्याल जिल्ला कमिटीमा लामो समयसम्म आबद्व भएर काम गरेको अनुभव छ । २०६३ सालमा अध्याँरो दक्षिण पर्वतलाई उज्यालो बनाउने अभियानका नेतृत्वकर्ता बस्याल सामुदायिक विद्युतीकरण उपभोक्ता महासंघको जिल्ला अध्यक्षसमेत बने।

२०७४ सालमा किसान महासंघको केन्द्रीय सदस्य भए । २०७४ सालको स्थानीय चुनावमा पैयूँ अध्यक्ष उम्मेदवार बनेका उनी हाल किसान महासंघको केन्द्रीय लेखा आयोगको उपाध्यक्षसमेत छन्।

२०७८ सालमा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुँदै सचिवालय सदस्य बने। २ वर्षअघि सांसद निर्वाचित हुँदा गएको वर्ष एमाले प्रदेश कमिटी सचिवालयमा निर्वाचित भए।

विभिन्न समयका आन्दोलनमा पटक पटक हिरासतको जीवन व्यहोराको उनीसँग अनुभव छ। सामन्तवादको विरुद्ध कडारुपमा प्रस्तुत हुने विकास निर्माणमा तल्लीन रहने बस्यालका श्रीमती, २ छोरा र ३ छोरी छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending