काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन्द्र शाह (बालेन)को कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।
काठमाडौं उपत्यकाका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा बनेका संरचना हटाउन सर्वोच्च अदालतको दिएको आदेशको विषयमा महानगरले जारी गरेको सूचनालाई लिएर डंगोलले प्रश्न उठाएकी हुन् ।
गत साउन २९ गते महानगरले पालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छाड्नुपर्ने भनी तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने निर्णय गरेको थियो ।
कार्यपालिकाको मंगलबार बसेको बैठकमा बोल्दै उनले महानगरको गतिविधिबारे महानगरका जनप्रतिनिधिलाई जानकारी नदिएको गुनासो गरिन् । अदालतको फैसला पालना गर्नु सबैको दायित्व भए पनि त्यसबारे छलफल नभएको उनको भनाइ छ ।
बैठकमा उनले राखेको धारणाः
महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ । तर, यो सबै जनाको निर्णय हो कि होइन ?
स(साना विषयहरु बोर्डमा ल्याउने गरिएको छ । तर, यति संवेदनशील विषय बोर्ड बैठकमा राखिएन । मेयरस्तरीय निर्णय भनेर सूचना जाने हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति कदापी होइन ।
फैसलाले कतिलाई असर पर्छ त्यसलाई कम गर्न सकिन्छ कि सकिन्न भनेर छलफल गर्नुपर्छ । अदालतमा गरेको निर्णय सदैब जनताको हितमा हुन्छ भन्ने पनि छैन ? त्यसैकारण अर्को पुनरावलोकनमा जानेको बाटो राखिएको छ । बरु पुनरावलोकनमा हामी जाने हो कि भनेर छलफल गर्नुपर्थ्यो होला ।
जनताले जनभावना विपरीत महानगर गएको भनेर बुझ्न थालेका छन् तर, हामीसँग छलफल नै नगरेकाले सूचनाको ओनरसीप लिन सकिँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - २२:०१
बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...
बैशाख ३१ गते, २०८३ - २१:३९
काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...
बैशाख ३१ गते, २०८३ - २१:३२
काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...
बैशाख ३१ गते, २०८३ - २१:२६
काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...
बैशाख ३१ गते, २०८३ - २०:१६
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...
बैशाख ३१ गते, २०८३ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...
बैशाख ३१ गते, २०८३ - २०:०५
संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास
बैशाख ३१ गते, २०८३ - १९:५९
काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...



प्रतिकृया लेख्नुहोस्: