Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

सांसद बिमला राईकाे प्रश्नः प्रधानमन्त्रीज्यू महिला प्रधानमन्त्री कहिले बनाउँदै हुनुहुन्छ ? संसद्लाई जानकारी दिनुहोला ।

'प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एउटा बोल्ने, अर्कै गर्ने’ पहिचान बनीसकेको छ'

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद  दुर्गा राईले प्रधानमन्त्री केपी शर्मा ओलीको  ‘एउटा बोल्ने, अर्कै गर्ने’ पहिचान भएको भन्दै कटाक्ष गरेकी छन् । मङ्गलबार जारी प्रतिनिधि सभाको बैठकको शून्य समयमा भाग लिँदै माओवादी सांसद राईले यसरी कटाक्ष गरेकी हुन् । 

संंसद बैठकमा सम्वोधनका क्रममा उनले भनिन्–“एउटा कुरा गर्ने तर, अर्कै गर्दै हिँड्ने प्रधानमन्त्रीज्यूको पहिचान नै बनिसकेको छ ।”

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २५७ मा व्यवस्था गरिएको महिला समन्वय समिति बनाउनेबारे ध्यान नदिएको तर, बाहिर भने महिला प्रधानमन्त्री बनाउँछु भन्दै हिँडेको भन्दै प्रश्न गरिन्, “प्रधानमन्त्रीज्यू कहिले महिला प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ ? संसद्लाई जानकारी दिनुहोला । नियमावलीमा व्यवस्था गरिएको समिति बनाउन वातावरणचाहिँ नबनाउने तर, अर्कोतिर कुनै कार्यक्रममा भने महिला प्रधानमन्त्री बनाउँछु भन्नु कति जायज हुन्छ ?”

महिला समिति नबन्नुमा प्रतिनिधि सभाका महिला सांसदको दोष कहिल्यै नभएको उनले जिकिर गरिन् । “प्रधानमन्त्रीज्यूले नेपालमा महिला राष्ट्रपति, महिला सभामुख, महिला प्रधानन्यायाधीश र महिला मुख्यसचिव भइसकेको छ, अब महिला प्रधानमन्त्री चाँडै बनाउँछु भनेको सुनियो,” उनले भनिन्, “संसदलाई जानकारी गराउनुहोला ।”

यसअघि एक तीजविशेष कार्यक्रमा प्रधानमन्त्री ओलीले अब आफूले महिला प्रधानमन्त्री बनाउनेतर्फ कोसिस गर्ने बताएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending