Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छ : मन्त्री यादव

खबरडबली संवाददाता

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताएको छन् ।

एसियाली विकास बैङ्क (एडिबी) द्वारा आज यहाँ आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ’ भन्ने विषयको कार्यशालामा उनले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको उल्लेख गरे। 

मन्त्री यादवले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययनको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे । उनले भने, “एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रूपमा अगाडि बढेर सहयोग गरिरहेको छ, मेलम्चीको मुहान विसं २०७८ मा बाढी पहिरोले क्षति भयो, एडिबीले उक्त क्षतिका बारेमा अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाएकोप्रति मसहित सिङ्गो मन्त्रालयको टोलीलाई धन्यवाद दिन चाहन्छु ।”

यसैगरी, मन्त्री यादवले सन् २०२१ मा मेलम्चीमा आएको बाढी र थिङ्बो हिमताल फुटेर आएको बाढीका कारण खुम्बु क्षेत्रमा पुगेको विनाशलाई उद्धृत गर्दै जलवायु परिवर्तनका सम्भावित जोखिमसँग जुध्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक भएको बताए ।

उनले जलवायु अनुकूलित पूर्वाधार विकासका लागि बहु–जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरणका लागि वित्त व्यवस्थापन र क्षेत्रीय सहयोगको महत्वलाई पनि जोड दिए। उनले एडिबीलाई नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा सराहना गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गरे।

उक्त कार्यक्रममा भुटान सरकारका प्रतिनिधि गोविन्द शर्मा, नेपालका विभिन्न मन्त्रालय तथा विकास साझेदारका प्रमुख, विज्ञहरू र प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यशालाले नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे प्रिक्वार्टरफाइनलमा

काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  अमेरिका...

बर्डफ्लु सङ्क्रमण: काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।  केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...

मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...

भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता

झापा। जल तथा मौसम विज्ञान विभागले  यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...

वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्कता: भीष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ...

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending