ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलाको झोलुङ्गे पुल पहिरोले भत्काएपछि तुइन सञ्चालन गर्न सुरु गरिएको छ । कञ्चनजङ्घा पद मार्गमा पर्ने घुन्सा खोलाको झोलुङ्गे पुल भएकै ठाउँमा अहिले तुइन सञ्चालनमा ल्याइएको हो ।
फक्ताङ्लुङ गाउँपालिकासँग समन्वय गरेर स्थानीयले त्यही पहिरोले भत्काएको पुलको लट्ठा प्रयोग गरेर तुइन सञ्चालनमा ल्याएको बताइएको छ । स्थानीय रत्नकुमार श्रेष्ठ लगायतले तुइन सञ्चालनमा ल्याएपछि तत्कालका लागि पदयात्री तथा स्थानीयलाई आउजाउ गर्न सुविधा भएको छ । गत साउन २९ गते वर्षासँगै माथिबाट झरेको पहिरोले झोलुङ्गे पुललाई पूर्णरुपमा क्षति गरेको थियो ।
पर्यटकीय मौसम सुरु हुन लाग्दा पहिरोले झोलुङ्गे पुलमा क्षति गरेको र पुल भत्किएर पद मार्ग अवरुद्ध भएपछि कञ्चनजङ्घा आधार शिविर क्षेत्रका बासिन्दा चिन्तित भएका थिए । तत्काल झोलुङ्गे पुल पुनर्निर्माण गर्ने स्थिति नरहेको अवस्थामा तुइन सञ्चालनले थोरै भए पनि राहत पुगेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण साथै भ्रमाणका लागि स्वदेशी तथा विदेशी पर्यटक यही पदमार्ग हुँदै जाने गर्दछन् ।
यता तुइन सञ्चालन गर्न सुरु गरिएपछि प्राविधिक टोलीका साथ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले स्थलगत निरीक्षण गरेका थिए । अध्यक्ष लिम्बूले आफैँ तुइन चढेर परीक्षणसमेत गरेकाे बताइएको छ । निरीक्षण तथा परीक्षणपछि पुलको विकल्पमा तत्कालका लागि तुइन सञ्चालन गर्न उचित नै देखिएको गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८२ - २०:४९
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिम...
आषाढ़ १० गते, २०८२ - २०:३५
धरान । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट पालिकाको सभामा पेश गर्नुपर्छ । तर, सुनसरीको धरान उपमहानग...
आषाढ़ १० गते, २०८२ - २०:३०
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा रु दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत...
आषाढ़ १० गते, २०८२ - १९:०८
कोशी प्रदेशमा ‘पहिचान’को मुद्दा पेचिलो बन्दै छ । कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका समूहहरू गोलबन्द हुँदै छन् । पहिचानको आन्दोलनलाई राजनीतिक आन्दोलन...
आषाढ़ १० गते, २०८२ - १९:०१
काठमाडौं । एक सातायता डेंगु संक्रमणका ९१ नयाँ केस पुष्टि भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को ...
आषाढ़ १० गते, २०८२ - १८:५८
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्त...
आषाढ़ १० गते, २०८२ - १८:५४
गौर । अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दण्ड सजाय पाएका फैसला कार्यान्वयन गर...
आषाढ़ १० गते, २०८२ - १८:५१
धनकुटा । एक ५० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिका–८ का ५२ वर्षीय खड्गबहादुर राई पक्राउ परेका छन् । असार ८ गते राति ११ बज...
आषाढ़ १० गते, २०८२ - १८:४७
माेरङ । मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रङ्गेली नगरपालि...
आषाढ़ १० गते, २०८२ - १८:४४
भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभा...
प्रतिकृया लेख्नुहोस्: