एजेन्सी । संयुक्त राज्य अमेरिकाले गाजा युद्ध अन्त्यका लागि इजरायल र हमासबीच भएको सम्झौतालाई ‘अन्तिम रूप’ दिने समय आएको बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय दबाबसामु झुक्न अस्वीकार गरिरहेका समय इजरायलको प्रमुख सहयोगी अमेरिकाले सम्झौताका लागि जोड दिएको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजिप्ट र कतारसँग मिलेर अन्तिम सहमतिका लागि दबाब दिने बताएका छन् ।
नेतन्याहूले युद्धग्रस्त प्यालेस्टिनी भूमिबाट मारिएका छ जना बन्धकलाई इजरायली सेनाले स्वदेश लगेपछि बढ्दो घरेलु र अन्तर्राष्ट्रिय दबाबका बावजुद हमाससँगको अप्रत्यक्ष वार्तामा ‘लचकता अपनाउन’ अस्वीकार गरेपछि मिलरको यो भनाइ आएको हो । मिलरले भने, “यो सम्झौतालाई अन्तिम रूप दिने समय हो ।” संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले गाजाबाट मृत अवस्थामा फेला परेका छ जना बन्दीलाई मृत्युदण्ड दिइएको भन्ने समाचारको ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन’ हुनुपर्ने बताएका छन् ।
सरकारलाई दबाब दिन र बन्धक बनाइएकाहरूको भविष्यबारे चिन्ता व्यक्त गर्न सडकमा उत्रिएका इजरायलीहरूबीच बढ्दो दुःख र आक्रोशको बावजुद नेतन्याहूले आफू ‘दबाबमा नझुक्ने’ बताएका छन् । तेल अभिभका प्रदर्शनकारी जोनाथन इदानले भने, “इजरायली प्रधानमन्त्रीले हमाससँग हाम्रा बन्धकहरूलाई जीवितै फर्काउने सम्झौता गर्ने हाम्रो सम्भावनालाई मारिरहनुभएको छ ।”
“उहाँ बाँच्न चाहेको एउटै मात्र कुरा उहाँको राजनीतिक जीवन र गठबन्धन हो,” २६ वर्षीय इदानले एएफपीसँग भने । इजरायली प्रधानमन्त्रीले ‘युद्धको उद्देश्य प्राप्तिका लागि’ गाजा–इजिप्ट सीमामा रहेको फिलाडेल्फिया करिडोरको नियन्त्रण आवश्यक रहेको बताएका छन् । इजिप्टले गाजाको सीमा हमासको हतियारका लागि प्रयोग गरिएको भन्ने आरोपको खण्डन गर्दै नेतन्याहुले इजरायली जनमतलाई विचलित पार्न र युद्धविराम सम्झौतामा पुग्न बाधा पुर्याउन खोजेको आरोप लगाएको छ ।
साउदी अरबले कायरोको समर्थन गर्दै ‘फिलाडेल्फिया करिडोर’का सम्बन्धमा इजरायली वक्तव्यको कडा निन्दा र भर्त्सना’ गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताकारहरूसँगको भेटमा नेतन्याहुले बन्धक सम्झौताका लागि पर्याप्त काम गरिरहनुभएको ‘छ’ कि ‘छैन’ भन्ने प्रश्नको जवाफमा ‘छैन’ भन्ने प्रतिक्रिया वार्ताकारहरूले दिएका थिए ।
हमासले लामो समयदेखि गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ताको माग गर्दै आएको छ र इजिप्टका अधिकारीहरूले सीमामा इजरायली सेनाको उपस्थितिप्रति आपत्ति जनाउँदै आएका छन् । “नेतन्याहुले गाजालाई अनिश्चितकालका लागि केही हदसम्म कब्जा गर्न चाहेको देखिन्छ र अब उनले यसलाई अझ खुलेर भनिरहनुभएको छ,” विश्लेषक मैरव जोन्सजेनले एएफपीसँग भने ।
इजरायलले सन् १९६७ मा गाजा पट्टीकब्जा गरेको थियो र सन् २००५ सम्म त्यहाँ सैनिक र बसोवास कायम राखेको थियो । यो पछि हटेको थियो तर नाकाबन्दी लगाइएको थियो र हालको युद्धको सुरुवातदेखि नै पूर्ण घेराबन्दी गरिएको छ । इजरायलमाथि दबाब बढाउँदै बेलायतले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनमा हतियारको प्रयोग हुन सक्ने ‘स्पष्ट जोखिम’ रहेको भन्दै केही हतियार निर्यातमा रोक लगाउने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: