Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण लाखौं कुखुरा, अण्डा र दाना नष्ट गर्नुपरेपछि किसानको लगानी जोखिममा परेको छ भने बजार, रोजगारी र खाद्य सुरक्षामै समेत असर देखिन थालेको छ।

सुरुवातमा केही व्यावसायिक फार्ममा सीमित रहेको संक्रमण अहिले विभिन्न जिल्लामा फैलिएको छ। यसको प्रत्यक्ष असर कुखुरा पालक किसान, दाना उद्योग, ह्याचरी, ढुवानी व्यवसायी, खुद्रा व्यापारीदेखि उपभोक्तासम्म परेको छ।

पोल्ट्री व्यवसायीहरूको अनुमानअनुसार नेपालको कुखुरा उद्योगमा करिब एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। लाखौं व्यक्तिको रोजगारीसँग जोडिएको यो क्षेत्र अहिले उत्पादन र बजार दुवै मोर्चामा दबाबमा परेको छ।

पोल्ट्री व्यवसायी दयाराम महतका अनुसार बर्डफ्लुको त्रासका कारण विशेषगरी काठमाडौं उपत्यकामा कुखुराको मासु र अण्डाको दैनिक खपत २० देखि ३० प्रतिशतसम्म घटेको छ। वैज्ञानिक रूपमा सुरक्षित भए पनि उपभोक्तामा अझै भ्रम र डर कायम रहेको उनको भनाइ छ।

संक्रमण पुष्टि भएका फार्ममा रोग नियन्त्रणका लागि लाखौं कुखुरा, अण्डा र ठूलो परिमाणमा दाना नष्ट गरिएकाले किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले सरकारले क्षतिपूर्तिको व्यवस्था गरे पनि राहत वितरणमा ढिलाइ हुँदा किसानलाई पुनः व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको बताए।

पशु सेवा विभागका अनुसार कमजोर जैविक सुरक्षा (बायोसेक्युरिटी) नै संक्रमण फैलिनुको मुख्य कारण हो। काठमाडौं उपत्यका र कोशी प्रदेशमा संक्रमण नियन्त्रणउन्मुख देखिए पनि काभ्रेपलाञ्चोकमा भने अझै तीव्र रूपमा फैलिरहेको छ।

जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार फार्ममा अनियन्त्रित आवतजावत, असुरक्षित स्रोतबाट चल्ला खरिद, खुला रूपमा दाना र पानी राख्ने अभ्यास तथा जंगली चरासँगको सम्पर्कले संक्रमण फैलाउन सहयोग गरिरहेको छ।

पशु चिकित्सक डा. मनोजकुमार शाहीका अनुसार संक्रमित पन्छी नष्ट गर्नु मात्रै दीर्घकालीन समाधान होइन। प्रत्येक फार्ममा वैज्ञानिक बायोसेक्युरिटी, नियमित निगरानी र सुरक्षित व्यवस्थापन प्रणाली लागू गर्न सके मात्र यस्ता महामारी नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

बर्डफ्लु मुख्यतः चराचुरुङ्गीमा देखिने रोग भए पनि केही प्रकारका भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले यसलाई जुनोटिक रोग मानिन्छ। यद्यपि यस वर्ष नेपालमा मानिसमा संक्रमण पुष्टि भएको छैन।

विज्ञहरूले अफवाहभन्दा तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्। रोगमुक्त स्रोतबाट प्राप्त कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर सेवन गर्दा सामान्य अवस्थामा स्वास्थ्य जोखिम नहुने उनीहरूको भनाइ छ।

पशु चिकित्सक डा. वज्रकिशोर ठाकुरका अनुसार आधुनिक प्रयोगशाला विस्तार, द्रुत परीक्षण प्रणाली, प्रभावकारी रोग निगरानी, किसानमैत्री बिमा, समयमै क्षतिपूर्ति र जैविक सुरक्षामा लगानी बढाउन सके भविष्यमा यस्ता महामारीको असर उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

कृषि अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको कुखुरा उद्योगलाई जोगाउन सरकार, निजी क्षेत्र, किसान र उपभोक्ताबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष छ। वैज्ञानिक व्यवस्थापन, स्पष्ट नीति र समयमै हस्तक्षेप हुन सके बर्डफ्लुको चुनौतीलाई अवसरमा बदल्न सकिने विश्वास व्यक्त गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending