Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

खबरडबली संवाददाता

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले विस्तारै सुनसान बन्दै गएका छन्। कुनै समय मानिसहरूको चहलपहलले भरिएका गाउँमा अहिले घरमा ताल्चा झुन्डिएका छन्, आँगन झारले ढाकिएका छन् र खेतीयोग्य जमिन बाँझो पर्न थालेको छ। रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको खोजीमा युवापुस्ता सहर र विदेश पलायन भएपछि गाउँको जीवनशैली नै परिवर्तन भएको हो।

सडक, विद्युत्, खानेपानी र सञ्चारजस्ता आधारभूत सुविधा पुगे पनि गाउँमा बस्ने जनसंख्या निरन्तर घटिरहेको छ। यसको प्रत्यक्ष असर कृषि उत्पादन, स्थानीय अर्थतन्त्र, सामाजिक सम्बन्ध, संस्कृति र परम्परागत सीपमा देखिन थालेको छ।

दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती यस परिवर्तनको प्रतिनिधि उदाहरण बनेको छ। केही दशकअघिसम्म बाक्लो बस्ती रहेको क्षेत्रमा अहिले धेरै घर खाली छन् भने कतिपय जीर्ण बन्दै गएका छन्।

८५ वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो। चाडपर्व, मेलापात र सामाजिक काममा गाउँ नै एकजुट हुने वातावरण अहिले हराउँदै गएको छ।

राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँको अवस्था पनि उस्तै छ। स्थानीय लालमाया श्रेष्ठका अनुसार सुविधा थपिँदै गए पनि गाउँमा बस्ने मानिस भने घटिरहेका छन्।

युवा गाउँ छाड्दै जाँदा कृषि क्षेत्रमा पनि गम्भीर असर परेको कृषि विकास कार्यालय लमजुङले जनाएको छ। कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार श्रमिक अभावका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको छ भने रैथाने बाली, परम्परागत खेती प्रणाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन बन्दै गएको छ।

कार्यालयको तथ्यांकअनुसार जिल्लामा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्र खेती भइरहेको छ भने १६ हजार ६२ हेक्टर जमिन बाँझो रहेको छ।

सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँ पनि बसाइँसराइको असरबाट अछुतो छैन। स्थानीय मदन रेग्मीका अनुसार कुनै समय करिब ५० घरधुरी रहेको गाउँ अहिले निकै पातलिएको छ।

जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमालले गाउँ रित्तिनु सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा गम्भीर चुनौती बनेको बताइन्। उनका अनुसार युवा गाउँमा नहुँदा भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान संरक्षण गर्न कठिन हुँदै गएको छ।

दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङले गाउँमा जनसंख्या टिकाइराख्न कृषि र पर्यटनलाई आयआर्जनसँग जोड्ने प्रयास भइरहेको बताए। घरबास सञ्चालन, कफी, खुर्सानीलगायत नगदे बालीको प्रवर्द्धन तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। साथै इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीजस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि जोड दिइएको छ।

राष्ट्रिय जनगणना २०७८ ले देखाएको आन्तरिक बसाइँसराइको प्रवृत्ति लमजुङका ग्रामीण क्षेत्रमा अझ स्पष्ट रूपमा देखिएको छ। सरोकारवालाहरूका अनुसार गाउँ रित्तिनु केवल खाली घरको समस्या होइन, यसले कृषि, संस्कृति, उत्पादन र स्थानीय अर्थतन्त्रलाई समेत कमजोर बनाइरहेको छ।

उनीहरूको भनाइमा गाउँमा फेरि चुल्हो बल्ने, बाँझो खेतमा हरियाली फर्कने र मौलिक संस्कृति जोगिने वातावरण सिर्जना गर्न कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी विस्तारमा प्रभावकारी कदम चाल्न आवश्यक छ। अन्यथा, आजका जीवन्त गाउँहरू भोलि इतिहासका कथा मात्र बन्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending