प्योङयाङ । उत्तर कोरियामा गल्ती वा लापरबाहीको कुनै गुञ्जाइस छैन । अधिकारी हुन् वा सर्वसाधारण किम जोङ उनको शासनमा कसैलाई पनि छूट दिइँदैन । कहिलेकाहीँ त मान्छेले आफूले नगरेको गल्तीका लागि समेत कठोर सजाय पाउँछ । उत्तर कोरियामा हालै ३० जना अधिकारीलाई एकैसाथ मृत्युदण्ड दिइएको विभिन्न सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
बाढीले गरेको विनाश रोक्न नसक्नु नै उनीहरूको अक्षम्य गल्ती भयो । तर ती अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप पनि लागेको बताइएको छ । बाढीका कारण भएको विनाश देखेर किम यसरी भड्किए कि उनले ३० जना अधिकारीलाई एकै ठाउँमा झुन्ड्याए ।
न्यूयोर्क पोस्टमा छापिएको खबरअनुसार किमले बाढी प्रभावित क्षेत्रको भ्रमण पनि गरेका थिए । बाढीको वितण्डा देखेर उनी रिसले आगो भए । बाढीमा परेर ४ हजार मानिसको ज्यान गएपछि उनी दुःखी बनेका थिए । बाढीमा लापरबाही गरेको आरोपमा मिले तत्कालै ३० जना अधिकारीलाई फाँसी दिए । तर, हालसम्म उत्तर कोरियाले मृत्युदण्डको सजाय सुनाएको पुष्टि भने भएको छैन ।
न्युयोर्क पोस्टको रिपोर्टका अनुसार उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किमले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको बताएको थियो । यो बाढीमा झण्डै ४ हजार मानिसले ज्यान गुमाएका थिए भने १५ हजारभन्दा बढी घरबारविहीन भएका थिए ।
उत्तर कोरियामा फाँसी दिइएका अधिकारीहरूको पहिचान खुलाइएको छैन । तर केही समाचारका अनुसार बाढी प्रकोपको समयमा आपत्कालीन बैठकमा बर्खास्त गरिएका अधिकारीहरूमा चागाङ्ग प्रान्तको प्रान्तको पार्टी समितिका सचिव काङ बोङ–हुन पनि थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८२ - २०:३८
जुम्ला । यार्सा सङ्कलनमा गएका जुम्लाका दुई जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ८, टोप्ला गाउँकी २७ वर्षीय कल्पना शाही र गुठिचौर गाउँपा...
जेष्ठ ९ गते, २०८२ - २०:१६
जुम्ला । जुम्लामा चट्याङ लागेर एक जना महिलाकाे मृत्यु भएको छ । बिहिवार दिउँसो ४ बजे चट्याङ लागेर जिल्लाकाे तातोपानी गाउँपालिका- ८ स्थित टाेप्ला गा...
जेष्ठ ९ गते, २०८२ - २०:११
काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायको विषयमा पीडितको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेको छ । आयोगले संक्रमणका...
जेष्ठ ९ गते, २०८२ - २०:०६
फुङ्लिङ । ताप्लेजुङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ६ स्थित मेहेलेको फावा खोलाले बगाउँदा मेहेले निवासी व...
जेष्ठ ९ गते, २०८२ - १९:५९
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन् । ...
जेष्ठ ९ गते, २०८२ - १९:०६
काठमाडाैं । चीनकाे महत्वकांक्षी परियाेजना बीआरआईमा चीन-पाकिस्तान र अफगानिस्तानबीच नयाँ सहमति भएकाे छ । चिनियाँ संचारमाध्यमहरूका अनुसार आर्थिक करिडोर (...
जेष्ठ ९ गते, २०८२ - १८:५८
काठमाडाैं । हनिट्रयापमा फसाएर जग्गा र पैसा माग्दे दुई युवती पक्राउ परेका छन् । कैलालीको गोदावरी–१० दमौरा घर भएकी ममता तामाङ र भक्तपुर–१७ सल्लाघारीकी आ...
जेष्ठ ९ गते, २०८२ - १८:४८
उदयपुर । उदयपुरमा यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख...
जेष्ठ ९ गते, २०८२ - १८:३९
मुगु । यार्सागुम्बा संकलन गर्न हिँडेका एक युवक चिप्लिएर मुगु कर्णाली नदीमा बेपत्ता भएका छन् । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँका ४० ...
जेष्ठ ९ गते, २०८२ - १८:३५
मकवानपुर । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् । प्रहरीका अनुसार स्थानीय ४० वर्षीया फूलमाया चेपाङ घाइते भएकी हुन् । गाउँ...
प्रतिकृया लेख्नुहोस्: