Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

एमालेको १३ बुँदे निष्कर्ष- सरकारप्रति जनताको ठूलो आशा छ, अराजकता लोकतन्त्र होइन (पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले पोलिटब्युरो बैठकले १३ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ। 

पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले असार १७ गते नेपाली कांग्रेससँग  भएको ७ बुँदे सहमतिअनुसार नयाँ सरकार बनेको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि भएको निष्कर्ष निकालेको छ। यस सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेको बैठकको ठहर छ।

लामो समयदेखि अवरूद्ध संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति र प्रमाणीकरण जस्ता उपलब्धिहरूले जनतामा आशाको सञ्चार भएको एमालेको ठहर छ।

त्यस्तै बैठकले नेपाली समाजमा पुँजीका रूपमा रहेको विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बी र संस्कृतिका जनसमुदाय बीचको सहअस्तित्व, सहिष्णुता, पारस्परिक सम्मान र सहयोग नेपाल राष्ट्रका चारित्रिक विशेषता तथा नेपाली समाजका अन्तरनिहित गुणहरूलाई कमजोर पार्ने, समाजमा अस्वस्थता, तिक्तता र नैराश्य भरिदिने एवं सामाजिक सदभाव तथा एकता कमजोर पार्ने प्रवृत्तिहरू देखा परेको भन्दै चिन्ता व्यक्त गरेको छ।

प्रस्तावमा भनिएको छ, 'विभिन्न विचार, मत र दृष्टिकोण बीच रचनात्मक बहस हुने, राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुने एवं असहमति र विरोधलाई मर्यादित, संयमित एवं सभ्य ढंगमा प्रस्तुत गर्ने र उचित विषयलाई राज्यले सम्बोधन गर्ने कुरा लोकतन्त्रका आधारभूत विशेषता हुन्। विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बी र संस्कृतिका जनसमुदायका बीचमा सहअस्तित्व, सहिष्णुता, पारस्परिक सम्मान र सहयोग नेपाल राष्ट्रका चारित्रिक विशेषता तथा नेपाली समाजका अन्तरनिहित गुणहरू हुन्। पछिल्लो समय हाम्रा यी विशेषता र गुणहरूकमजोर पार्ने, समाजमा अस्वस्थता, तिक्तता र नैराश्य भरिदिने एवं सामाजिक सदभाव तथा एकता कमजोर पार्ने प्रवृत्तिहरू देखा परेका छन्। अराजकता लोकतन्त्र होइन र असहिष्णुता सभ्यता होइन। पोलिटब्युरोको यो बैठक सामाजिक सदभाव, रचनात्मक बहस र स्वस्थ प्रतिस्पर्धा जस्ता नेपाली समाजका विशेषताहरूको सम्वर्द्धन गर्न तथा लोकतान्त्रिक संस्कारको विकास गर्न लागिपर्ने संकल्प गर्दछ र सम्बद्ध सबैलाई यसमा योगदान गर्न आह्वान गर्दछ।'

बैठकले कतिपय राजनीतिक दल एवं नेताहरूबाट अभिव्यक्त आवेगपूर्ण अभिव्यक्तिप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

'सत्ता पक्ष होस् या विपक्ष, हामी सबै वर्तमान लोकतान्त्रिक प्रणालीका पक्ष नै हौं र यसको रक्षा, विकास र सफलता हामी सबैको दायित्व हो। मुलुकमा अनेकौं चुनौतीहरू छन् र यसलाई सामना गर्ने पनि हामी सबैको साझा दायित्व हो। भूमिका बदलिनासाथ मुलुकको अवस्थालाई हेर्ने दृष्टिकोण समेत बदल्ने द्वैध चरित्र लोकतान्त्रिक आचरणभित्र पर्दैन। यो बैठक मुलुकका सबै राजनीतिक दलहरूलाई जिम्मेवार र संयमित बन्न एवं देश तथा जनताप्रति उत्तरदायी भूमिकाका साथ अगाडि बढ्न आह्वान गर्दछ,' प्रस्तावमा भनिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending