Ntc summer Offer
Khabar Dabali २८ भाद्र २०८१ शुक्रबार | 13th September, 2024 Fri
NIMB

भोज खान मावल आएका थिए, दिदी-बहिनीका ३ जना छोरा एउटै पोखरीमा डुबे

फाइल फोटो
खबरडबली संवाददाता

धनुषा । धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। मावलीघरमा भोज खान गएका तीनजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ तीनजना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए। 

मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन्। 

मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ। मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा हुन्।

साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको हो। सबैजना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका उनीहरुको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको  वडाध्यक्ष गङ्गा साहले जानकारी दिए। 

तीनै जनाको शव परीक्षणका लागि  प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरीले माग्यो ६४ इन्सपेक्टर र २५६ जना असई (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहर...

बाख्रा पालेर मासिक डेढ लाख आम्दानी

स्याङ्जा । हरिनास गाउँपालिका-५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षत्रीले गाउँमा व्यावसायिक बाख्रापालकको छवि बनाएका छन्।  २०७४ सालमा वडासदस्यसमेत निर्व...

रामकुमारीलाई माधव नेपालको चेतावनी- पार्टी हितविपरितको अभिव्यक्ति स्वीकार्य हुँदैन

काठमाडौं । नेकपा एककिृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेकै अवस्थामा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।  हालै एक टेलिभिज...

भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा । निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन्। तराईका जिल्लासँग सुदूरप...

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस ...

कोशी प्रदेशमा सरकारमा कांग्रेसबाट यी बन्दैछन् मन्त्री, शेखर समूहले अझै दिएन नाम

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै बिहान ९ः०० बजेका लागि राखिएको छ ।  सरक...

यी स्थानमा हुँदैछ हुरीबताससहित मुसलधारे वर्षा

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्...

कोरियाको आम्दानी, ‘ड्रागन फ्रुट’मा लगानी

बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रा...

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

कीर्तिपुर । उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो ...

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन्।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालील...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy