Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८२ मंगलवार | 13th May, 2025 Tue
Investment bank

तीजको सँघारमा उदयपुरमा आमा छोराको हत्या

खबरडबली संवाददाता

उदयपुर। उदयपुरको  कटारी नगरपालिका–१० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी छ वर्षिय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । “आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो”, वडाध्यक्ष खड्काले भने, “छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ।”

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्फ पठाइसकेको बताए । प्रहरी निरीक्षक महतोले भने, “प्रहरी घटनास्थल पुग्नै लागेको छ । पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छौं।”

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारततिर गएका थिए । उनले भने, “तीनसय मिटर पर मुल घर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ।”

घटनास्थल पुगेका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिए । स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए।

“साना साना देवरहरु थिए उनीहरुलाई बिहान आउँछौ भनेका थिए रे”, राउतले भने, “बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ ।”बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछी स्थानीयवासी शोकमा छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व राजा ज्ञानेन्द्रलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि....

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि पूर्वराजा निकटस्थहरुले खण्डन गरेका छन् । पूर्वराजाकै योजनामा राजावादीहरुले जेठ १...

निरन्तर घट्दै निक्षेपको ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विभिन्न खातामार्फ...

जडीबुटी–पेप्सीकोला सडक दायाँ–बायाँ १५ मिटरभित्रका संरचना हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउन निर्देशन  दिएको छ । सोमबार ...

जडीबुटी–पेप्सीकोला सडक दायाँ–बायाँ १५ मिटरभित्रका संरचना हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउन निर्देशन  दिएको छ । सोमबार ...

४० वर्षदेखि हिंसात्मक आन्दोलन गर्दै आएको टर्कीको लडाकु समूहले बिसायो हतियार

काठमाडौं । एसिया र यूरोप दुवै भूगोलमा फैलिएको देश टर्कीमा विगत ४० वर्षबाट हिंसात्मक आन्दोलन गरेर अलग देश बनाउन सक्रिय एक लडाकु समूहले हतियार बिसाएको छ...

युवतीलाई भारत पुर्‍याएर यौन धन्दामा लगाउने एक महिला पक्राउ

काठमाडौं । पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।   पक्राउ पर्नेमा वीरगञ...

पर्सामा सामूहिक बलात्कारमा सम्लग्न एक जना पक्राउ

काठमाडाैं । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार छन् । पक्राउ...

लिमी चिनाउने टासी

हुम्लाको नाम्खा गाउँपालिका-६, लिमी भ्यालीमा जन्मिएको म । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढ्नलाई समूह...

शक्तिशाली सरकारलाई टेरेनन् मेटा र एक्स लगायतका सामाजिक सञ्जालले

काठमाडौं ।  मुलुककै ठुला दल नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटक पटक पत्राचार ग...

प्रहरीको संलग्नतामा समलिंगी महिलाको अपहरण : गम्भीर मानवअधिकार उल्लंघनप्रति आपत्ति

सिन्धुली  । समलिंगी सम्बन्धलाई स्वीकार नगर्ने परिवारका कारण विवाह गर्न गएका दुई युवती बिचल्लीमा परेका छन्। एक युवतीलाई प्रहरीले बचाए पनि अर्की युवतीला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending