Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

सरुवा हुन नमानेपछि भ्रमण रोकेका हौंः मन्त्री गुप्ता

खबरडबली संवाददाता

काठमाडौं। सरकारले जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले पूर्वाग्रही ढंगले उपसचिव उर्मिला काफ्लेको भ्रमण रद्द गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जवाफ मागेकी छिन् ।

बिहीबार बसेको राज्य व्यवस्था समिति बैठकमा राईले राजनीतिक प्रतिशोध राखेर कर्मचारीमाथि डन्डा चलाइएको दाबी गरेकी थिइन् । समितिमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले आफूले काफ्लेको भ्रमण रोकेको स्वीकार गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई ४÷५ दिनदेखि बोलाउँदा पनि मन्त्रालयमा नआएको उनको दाबी छ ।

काफ्लेले जीतपुरसिमराबाट पायक पर्ने ठाउँमा सरुवा गर्छौं भन्दा पनि नसुनेको मन्त्री गुप्ताले बताए । काठमाडौं बसेर पनि मन्त्रालयलाई नटेरेको भन्दै उनले भने, ‘हामीले मुद्दा पनि खेप्ने अनि विदेश पनि पठाउने भनेर एलाभेन्थ आवरमा मैले रोकेको हुँ ।’

मन्त्री गुप्ताले यूएसएडको एक कार्यक्रमका लागि अमेरिका जान मंगलबार (१८ भदौ) भिसा पाएकी काफ्लेको भिसा मंगलबार नै रद्द गर्ने निर्णय गरेका थिए । काफ्लेसहित १२ जना कर्मचारी ‘पब्लिक फिनान्सियल म्यानेजम्येन्ट’ बिषयक ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान मनोनयनमा परेका थिए । त्यसमध्ये २ जना कर्मचारीको भिसा नै लागेन भने काफ्लेलाई मन्त्री गुप्ताले नै विदेश जान रोक्ने निर्णय गरेका थिए ।

मन्त्रिपरिषद् बैठकमै प्रधामनन्त्री केपी शर्मा ओलीले विदेश जाने सरकारी टोलीमा महिला कर्मचारीलाई बढी प्राथमिकता दिन र कम्तीमा एक जना भए पनि सहभागी गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका थिए। तर, मन्त्री गुप्ताले ‘एक्सपिरिन्सियल लर्निङरट्रेनिङ भिजिट’मा जाने तय भइसकेको महिला कर्मचारीको मनोनयन कारण समेत नखुलाई रद्द गरेका छन् ।

यूएसएडले १७ जुलाई २०२४ मा पत्र लेख्दै ९ देखि १२ सेप्टेम्बरसम्मको कार्यक्रमका लागि निम्तो दिएको थियो। मन्त्रालयले ६ साउनमा उनलाई मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी अमेरिका जाने टोलीमा मनोनयन गरेको थियो । त्यतिबेला गुप्ता मन्त्री भएर आइसकेका थिए ।

मन्त्री गुप्ताले संसदीय समितिमा मन्त्रालयलाई नटेरकाले भ्रमण रद्द गरेको जवाफ दिएपछि सांसद राईले जीतपुरसिमरा नगरपालिकामा रहेको राजनीतिक विवादबीचमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयरप्रति कर्मचारी उत्तरदायी भएको आधारमा गरिएको भ्रमण रोक्ने निर्णय पूर्वाग्राही नै भएको बताइन् । उनले आगामी दिनमा यस्तो गतिविधि नदोहोर्‍याउन मन्त्री गुप्तालाई सचेत गराइन् ।

गत ३ साउनमा मन्त्री गुप्ताले एमाले जनप्रतिनिधिको दबाबमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा गराएर चेतकुमार पोखरेललाई नै जीतपुरसिमरामा खटाएका थिए । तर, हाजीर भएको २ महिना नपुग्दै सुरुवा गरिएको भन्दै काफ्लेले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । सर्वोच्चले ११ साउनमा सरुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

काफ्लेको सरुवा गराएर वन मुद्दा खेपिरहेका चेतकुमार पोखरेललाई जीतपुरसिमरामा पठाउने प्रयास असफल भएपछि मन्त्री गुप्ताले काफ्लेको स्वीकृत भइसकेको अमेरिका भ्रमण नै रोकिदिएका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending