एजेन्सी । उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने भएको छ ।
फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग जाने भएको हो । त्यहाँ उनले सल्लाहकारसँगको सहकार्यमा चुनावी रणनीति तयार पार्नुहुने द वासिङ्टन पोस्ट र सिएनएनले जनाएको छ । उनको अभियान कार्यक्रम निर्धारित गरिएको छैन तर मतदाताहरूसँग अनौपचारिक बैठकहरूमा भाग लिने अपेक्षा गरिएको छ ।
छ हप्ताअघि राष्ट्रपतिको दौडमा ह्यारिसको प्रवेशले बाइडेनको ट्रम्पविरुद्ध जितको न्यून सम्भावनाले निराश भएका डेमोक्रेटहरूबीच उत्साह छरेको छ । हाल दुवै दलले नोभेम्बर ५ मा हुने चुनावका लागि तयारी गरिरहेका छन् । अमेरिकी निर्वाचनमा पेन्सिलभेनिया, जर्जिया र अन्य स्विङ राज्यहरू निर्णायक हुने अपेक्षा गरिएको छ । आगामी हप्ता हुने बहसले निर्वाचन अभियानको सबैभन्दा गहन चरणको सुरुआतलाई चिह्नित गर्नेछ भने यो ह्यारिस र ट्रम्प बीचको पहिलो भेट हुनेछ ।
ह्यारिसको पेन्सिलभेनियामा हुन लागेको तयारीले मेरिल्यान्डको क्याम्प डेभिडमा ट्रम्पसँगको जुन २७ को बहसका लागि बाइडेनको एक हप्ता लामो तयारीलाई प्रतिबिम्बित गर्दछ । यसले उनको राष्ट्रपति अभियानलाई प्रभावकारी रूपमा समाप्त गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: