जुम्ला। जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ।
गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार हिमाको कूल जनसङ्ख्या १२ हजार आठ सय चार छ । तीमध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएका जनाएको छ।
स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ , स्नातक गरेका एक सय ५५, प्रविणता प्रमाणपत्र तह उत्तीर्ण आठ सय जना छन्। उच्च माविसम्म अध्ययन गरेका एक हजार एक सय ९६, प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका नौ सय ५० र माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका एक हजार छ सय ४८ जना छन्। बालविकासतर्फ सामान्य साक्षरको सङ्ख्या चार सय २२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसङ्ख्या एक हजार छ सय ६० जना र विद्यालय उमेरका पाँच हजार तीन सय ७० जना साक्षर रहेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ।
हिमाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त भएको छ । शिक्षा क्षेत्रलाई अझै विशेष प्राथमिकतामा राखेर काम गर्ने अतिआवश्यक रहेको कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले जानकारी दिए।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए। हिमाले हरेक वर्ष ३३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरिने प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...
आषाढ़ ६ गते, २०८३ - २१:३५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...
आषाढ़ ६ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...
आषाढ़ ६ गते, २०८३ - २१:१४
काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...



प्रतिकृया लेख्नुहोस्: