Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

रकेट आक्रमणपछि भारतमा विद्यालय बन्द

खबरडबली संवाददाता

काठमाडौं ।  भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा  एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ ।

जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दु मेइतेई बहुमत र  इसाई कुकी समुदायबिच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ  ।

शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो भने  स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ । ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जवाफमा अधिकारीलाई सन्दिग्ध कुकी आतङ्ककारीहरूले गोली हानेपनि जवाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।  मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरे पछि प्रहरीले राज्यमा हिंसाको वृद्धि भएको जनाएको छ ।

मेइतेई र कुकी समुदायहरूबिच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबिच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन् । राससरएएफपी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending