Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

कालिकाेटमा हाइस दुर्घटना हुँदा आठ जना घाइते

खबरडबली संवाददाता

कालिकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । कर्णाली राजमार्गको तिलागुफा–५ खल्लागाडमा हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका हुन । 

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस मोडमा दुर्घटना भएको हो । घाइतेमध्ये पाँच जनको अवस्था चिन्ताजनक छ भने तीन जना सामान्य रहेका छन् । १८ जना सवार गाडी सडकमै पल्टिएको हो । 

घाइते हुनेमा सुर्खेत जाँदै गरेका सिंजा–३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी ६ का ३९ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए । 

त्यस्तै, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते भएका छन् । घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्यमन्त्री पौडेलको अुराेध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग अनुराेध गरेका छन् ।  बालबालिकाको उपचा...

पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि: प्रहरी

काठमाडौं । पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को ...

सुर्खेतकाे छिन्चुमा प्रादेशिक अस्पतालको भवन बन्ने

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ । भेरीगङ्गा नगरपालिका १२ स्थित निर्माण हुन लागेको...

लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार

बेरूत । विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् ।...

समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको...

बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी...

सुनसरीमा करेन्ट लागेर बुवाको निधन, छोरा घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४  मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्को एकजना घाइते भए...

माओवादी केन्द्रमा प्रवेश गर्नेले छाडेको पार्टीकै पद पाउने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ ।   वाम एकता ...

बाँकेमा पानीले बेर्ना कुहिएपछि दोस्रो पटक आलु रोपियो

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साता...

लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार : संयुक्त राष्ट्रसंघ

 त्रिपोली । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy