काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत डेङ्गु रोकथाम तथा नियन्त्रणका गतिविधिलाई तीव्र बनाउने जनाएको छ।
स्वास्थ्य सेवा विभागले आफ्नै परिसरबाट अभियानको औपचारिक शुभारम्भ गरेको हो। अभियान प्रभावकारी बनाउन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार गत वर्ष सञ्चालन गरिएको अभियानले डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायको सक्रिय सहभागितामार्फत संक्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव पारेकाले यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको हो।
अभियानअन्तर्गत प्रत्येक शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ। यस क्रममा सरकारी कार्यालय, विद्यालय, सार्वजनिक निकाय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने र सरसफाइ अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
स्थानीय तहहरूले वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा अन्य सरोकारवालासँग सहकार्य गरी समुदायस्तरमा लामखुट्टेको प्रजननस्थल खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य तथा गैरस्वास्थ्य क्षेत्रबीच बहुपक्षीय समन्वयलाई पनि प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।
यस्तै, अटो वर्कसप, टायर तथा कवाडी सामग्री थुपार्ने स्थान, निर्माणाधीन भवन तथा पानी जम्ने सम्भावित क्षेत्रको नियमित अनुगमन गरी पानीको उचित व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।
अभियानका क्रममा प्रत्येक वडामा पोस्टर, ब्यानर, समूह छलफल, अभिमुखीकरण तथा अन्य स्थानीय माध्यमबाट डेङ्गुका जोखिम, रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै, स्वास्थ्य शिक्षा सामग्री वितरण, रेडियो जिङ्गल प्रसारण तथा विभिन्न सञ्चार माध्यममार्फत व्यापक जनचेतना फैलाइने मन्त्रालयले जनाएको छ।
विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थी, स्वास्थ्य आमा समूह, युवा क्लब, शिक्षक र स्वयंसेवकलाई समुदायमा परिचालन गरी साथी शिक्षा, सरसफाइ अभियान, विद्यालय स्वास्थ्य निरीक्षण, वक्तृत्वकला, हाजिरीजबाफ र चित्रकला प्रतियोगिताजस्ता कार्यक्रम पनि सञ्चालन गरिनेछन्।
मन्त्रालयले ज्वरोसँगै शरीरमा बिमिरा देखिने, जोर्नी वा मांसपेशी दुख्ने, टाउको तथा आँखाको वरिपरि दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता डेङ्गुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न वा नि:शुल्क १११५ हेल्थ हेल्पलाइन मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: