Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

को हुन् घोस्ट ह्याकर ? जसले मृत मानिसका अकाउन्टलाई निसाना बनाइरहेका छन्

खबरडबली संवाददाता

काठमाडौं । साइबर अपराधका घटनामा तीव्र रुपमा वृद्धि भइरहेको छ । ह्याकरहरूले इन्टरनेट प्रयोगकर्तालाई निसाना बनाउनका लागि नयाँनयाँ तरिकाहरुको प्रयोग गरिरहेका छन् ।

हुँदाहुँदा साइबर अपराधीहरूले मरिसकेका मानिसहरुलाई पनि बाँकी छाडेनन् । वास्तवमा ह्याकरहरूको नयाँ निसाना नै मृत मानिसहरू बन्न थालेका छन् । त्यस्ता खालका ह्याकरहरुलाई घोस्ट ह्याकर अर्थात् भुताहा ह्याकर भन्ने गरिन्छ ।

साइबर हमला अर्थात् ह्याकिंगको यो नयाँ तरिका पछिल्लो दिनमा तीव्र बनिरहेको छ । यसका लागि ह्याकरहरुले सोसल मिडियामा निगरानी गर्ने गर्दछन् र ती व्यक्तिको मृत्यु भएको खबर थाहा पाउने बित्तिकै सक्रिय बन्दछन् ।

कसरी काम गर्दछन् घोस्ट ह्याकर ?

घोस्ट ह्याकरलाई जब कुनै व्यक्तिको मृत्यु भएको थाहा हुन्छ तर उनीहरू उक्त मृतकको सोसल मिडिया अकाउन्ट तथा अन्य अनलाइन अकाउन्टहरुमाथि आक्रमण गर्न सुरु गर्दछन् । त्यसका लागि उनीहरुले सुरुमा सो मृतकसँग सम्बन्धित सबै जानकारीहरु संकलन गर्दछन् ।

उसको सोसल मिडिया अकाउन्टलाई खोतलेर पनि त्यसबाट सबै खालका विस्तृत विवरणहरु जुटाउँछन् ।

त्यसपछि उनीहरुले ह्याकिंगका लागि आफ्ना पुराना हतकण्डा अपनाउँछन् । सोसल इन्जिनियरिंगलगायतका विभिन्न तरिकाहरुको प्रयोग गरेर उक्त सोसल अकाउन्ट ह्याक गर्दछन् । त्यसका अलावा कमजोर पासवर्ड क्रयाक गर्ने, सेक्योरिटी प्रश्नहरुको जवाफ दिएर पासवर्ड रिसेट गर्ने कोसिस पनि गर्दछन् ।

एकपटक जब उनीहरूले कसैको अकाउन्टमा पहुँच प्राप्त गर्दछन् त्यसपछि उनीहरुले विभिन्न खालका अपराध गर्दछन् ।

वास्तवमा उनीहरुको अन्तिम लक्ष्य भनेको पैसा कमाउनु नै हुन्छ । त्यसका लागि उनीहरुले कुनै अकाउन्टमा पहुुँच पाएसँजै त्यहीँ दिशामा काम गर्दछन् । सो अकाउन्टबाट स्पाम पठाएर वा उसका च्याटहरुको फाइदा पनि उठाउन सक्दछन् ।

जोगिन के गर्ने ?

सोसल मिडिया प्लाटफर्महरुमा मृत मानिसहरुका अकाउन्टलाई व्यवस्थित तथा सुरक्षित गर्ने विकल्प उपलब्ध हुन्छ ।

उदाहरणका लागि फेसबुकमा कुनै पनि प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो फेसबुक अकाउन्ट के हुने ? भन्ने कुरा आफै तय गर्नसक्छ । त्यसमा आफ्नो फेसबुक अकाउन्ट आफ्नो मृत्युपछि अरु कसैले चलाउने वा निस्क्रिय बनाउने भन्ने विकल्प रोज्न सकिन्छ ।

फेसबुकमा मात्र होइन यस्तो फिचर इन्स्टाग्राम र एक्समा पनि रहेको छ । यी सबै प्लाटफर्ममा सेटिंग्समा गएर उल्लिखित सेटिंगलाई सक्रिय बनाउनु पर्दछ । तपाईंले Memorialization अप्सनमा गएर legacy account छान्नु पर्दछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending