Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

विभाजनको संघारमा एकीकृत समाजवादी

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संघीय संसदमा राष्ट्रिय दलको समेत मान्यता पाउन नसकेको नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ।

एमालेमा छँदा आफ्नो अपमान भयो भन्दै नयाँ पार्टी गठन गरेका माधव नेपालले त्यहाँ पनि आफ्नै गुट सक्रिय पारेपछि पार्टी विभाजनको संघारमा पुगेको हो। पार्टीको अभिभावक बन्नुपर्ने अध्यक्ष नै गुट संचालनमा सक्रिय भएपछि पार्टी कमजोर हुने भन्दै पार्टीका प्रभावशाली नेता तथा सांसद असन्तुष्ट बनेका हुन् ।

दशौं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल निर्विरोध चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन गरिएको थियो।

सुरुमा अध्यक्षको तजबिजमा आफू अनुकुल केन्द्रीय सदस्य मनोनयन गरेर उनीहरुमार्फत आफू अनुकुल पदाधिकारी निर्वाचित गरेपछि पार्टीभित्र असन्तुष्टि चर्केको छ।
पदाधिकारी चयनका लागि भएको चुनावमा पनि अध्यक्षले नै आफू निकटलाई मात्रै भोट हाल्न केन्द्रीय सदस्यहरुलाई निर्देशनात्मक चिट बाँडेपछि पार्टी निर्माणमा सक्रिय र चर्चित अनुहार पराजित भएका थिए।

अध्यक्ष आफैंले पार्टीभित्र गुट बनाउन सक्रिय रहेको भन्दै पार्टीका बहुसंख्यक सांसद र केन्द्रीय सदस्य पार्टीबाट विद्रोह गर्ने तयारीमा छन्। पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको निर्वाचनबाट अध्यक्ष नेपाल पक्षका नेताहरू निर्वाचित भएका छन्। भदौ १२ गते भएको निर्वाचनको मतगणनाबाट नेपाल पक्षका नेताहरू निर्वाचित भएका हुन्।

वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका घनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुषाललाई वरिष्ठ नेता बनाउने सहमतिसँगै राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।

तर दावी गरेर पछि सरेका बस्नेत, हमाल र भुसाल माधव नेपाल समूहका नेताहरू हुन्। एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो।

केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भए पनि त्यो सम्भव नभएपछि निर्वाचन भएको थियो। मतदानमा गुटगत प्रतिस्पर्धा भएको थियो। अध्यक्ष नेपाल पक्षले मतदाता केन्द्रीय सदस्यहरुलाई पदाधिकारीहरूमा जिताउनुपर्ने नेताहरूको नामावली (चिट) बाँडेको थियो।

अध्यक्ष नेपालले पदाधिकारीमा पराजित गराइएका नेताहरु एमालेमा फर्कन प्रयासरत रहेको आरोप लगाउने गरेका छन् । उनले खुला रुपमा यस्तो आरोप नलगाएको भए पनि आफ्नो गुटमा ‘एमालेमा फर्कन खुट्टा उचालिरहेकाहरुलाई पार्टीले बोकिरहन आवश्यक नभएको’ ब्रिफिङ गरेका थिए ।

भविष्यमा ‘पार्टीका पदाधिकारी नै एमालेमा गए’ भन्ने खबरले पार्टीलाई जति हानी गर्छ ‘पदाधिकारीमा पराजित नेता एमालेमा गए’ भन्ने खबरले त्यो हानीलाई कम गर्ने नेपालको बुझाइ रहेको एक नेता बताउँछन्।

नेताहरु पार्टी छाडेर गइहाले भने ‘पार्टीको आन्तरिक चुनाबमा पराजित भएको रिसले’ पार्टी छाडेको भन्ने चर्चा फैलाएर सम्भावित हानी कम गर्ने नेपालको योजना रहेको पनि बताइन्छ ।

सार्वजनिक भएको चिटमा महिला उपाध्यक्षमा रामकमारी झाक्रीको नाम हटाइएको थियो। उनी पराजित भइन्। यो पदमा झाक्री र जयन्तीदेवी राईको प्रतिस्पर्धा थियो। जसमा राई निर्वाचित भइन्।

मधेसी समुदायका उपाध्यक्षमा रामचन्द्र झाको नाम उल्लेख छ।झाको प्रतिस्पर्धामा धर्मेन्द्रप्रसाद साह थिए। जसमा साह निर्वाचित भएका छन्। खुला उपाध्यक्षहरूमा गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशीले जिते।

ज्वाला फरक कित्ताबाट विजयी भएका हुन्। माधव नेपाल पक्षको चिटमा डा।विजयकुमार पौडेल र प्रकाश ज्वालालाई हटाइएको थियो। पछिल्लो पटक ज्वाला र पौडेलसँग नेपाल असन्तुष्ट छन्। चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह, राजेन्द्र राई विजयी भएका छन्।

४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । ७ सचिवमा चन्द्र शाही, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, टेकबहादुर वाइवा र कृष्ण नेपाली विजयी भए।

वाइवा आदिवासी जनजाति र कृष्णबहादुर नेपाली दलित समुदाय तर्फको सचिवका भएका हुन्। ५ खुला सचिचका लागि भएका निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। पदाधिकारीमा झलनाथ खनाल र घनश्याम भुषाल समूहका प्रकाश ज्वाला बाहेक कोही पनि परेका छैनन्।

माधव नेपालको सूचीमा नपरेका अर्का धर्मेन्द्रप्रसाद साह पनि निर्वाचित भएका छन्। पूर्व एमाले हुँदै माओवादीबाट नेकपा एसमा आएका रामचन्द्र झा उपाध्यक्षमा पराजित भएका छन्। मतदान हुँदा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष र गुटगतराजनीति छरपष्ट भएपछि यो पार्टीको भवष्य संकटमा परेको टिप्पणी हुन थालेको छ।

अब पार्टीको भविष्य पनि खतरमा परेको माधव नेपाल निकट नेताहरु नै बताउन थालेका छन्। आफू पक्षका केन्द्रीय सदस्य पहिले नै मनोनयन गरेर उनीहरुबाट मतदान गराइ आफू पक्षका नेताहरु मात्रै पदाधिकारी बनाएको भन्द्र नेताहरु असन्तुष्ट छन् ।

बाराका सांसद रहेका प्रभावशाली नेता किसान श्रेष्ठले यो मतदान प्रक्रियाबाट भएको पदाधिकारीको निर्वाचन खारेज गरेर सबैलाई चित्तबुझ्दो मापदण्डबाट पुनः पदाधिकारी चयन गर्नुपर्ने बताए ।

उनले भने ‘नयाँ मापदण्डअनुसार फेरि पदाधिकारीको चयन भयो भने म पार्टीमा सक्रिय रहन्छु अन्यथा पार्टीमा सक्रिय रहन सक्दिन ।’ यद्यपि उनले पार्टी विभाजन हुने कुरालाई स्पष्ट शब्दमा स्वीकार भने गरेनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending