जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ ।
स्थानीय हरिनारायण झाका छोराहरुले उक्त जग्गा आफ्नो रहेको दाबी गरेपछि सो कार्यालयले जमिनको सुरक्षाको माग गरेको हो ।
सर्लाहीको साविक गाविस सुन्दरपुर चौहडवा–८ हाल बरहथवा नगरपालिका–१३ स्थित किता नं १८५ र १८८ को सात कट्ठा जमिनमा स्व झाका छोरा गङ्गाधर झा, प्रमोद झा, चन्द्रमोहन झा, चन्द्रवंशी झा र राजवंशी झाले आफ्नो भनी दाबी गरिरहेकोले बिवाद उत्पन्न भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए ।
उनीहरुले उक्त जमिनमा दाबी गरेपछि अख्तियार दुरुपयोग आयोगको कार्यालय बर्दिबास तथा जिल्ला प्रशासन कार्यालय सर्लाही मलगङ्वामा सिँचाइ व्यवस्थापन कार्यालयले आफ्नो प्रमाण तथा दाबीसहित सुरक्षाका लागि लिखित निवेदन पेस गरेको उनले उल्लेख गरे ।
तीन करोड मूल्य बराबरको सो जमिन विसं २०४० मा मन्त्रालयले सिँचाइ कार्यका लागि मुआब्जा वितरण गरेर अधिग्रहण गरेको थियो । जमिनको मूल्य बढेपछि ४० वर्षपछि उक्त जमिनमा विवाद सुरु भएको स्थानीय बताउँछन् ।
विसं २०४० अगाडि स्थानीय जमिन धनीहरुलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गरिएको थियो । त्यसमा स्थानीय धेरैले आआफ्नो जमिन सिँचाइ कार्यालयको पूर्वाधार निर्माणका लागि बिक्री गरेर मुआब्जा लिएका थिए ।
सोही क्रममा स्व हरिनारायण झाले पनि बिक्री गरेका कार्यालय प्रमुख भगतले बताउँदै विसं २०५० मा बागमती नदीमा आएको बाढीले सो कार्यालयका सम्पूर्ण कागजात नष्ट भएको जानकारी दिए ।
मालपोत कार्यालय बरहथवामा उक्त किता नम्बरको जमिनको स्रेस्ता पाना च्यातिएकाले स्व झाका छोराहरुले सो जमिन आफ्नो भनी दाबी गरेका कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
विवाद समाधानका लागि नापी कार्यालय बरहथवाको नापी टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीय जनताको भेलाले सो जमिनका सम्बन्धमा मुचुल्का तयार गरिएको छ । सो क्रममा एक सयबढी स्थानीय, जल उपभोक्ता र सिँचाइका पुराना कर्मचारीको उपस्थिति थियो । मुचुल्का तयार गर्ने क्रममा उपस्थितले उक्त जमिन सिँचाइ कार्यालयको रहेको लिखितपत्रमा हस्ताक्षर गरेका प्राप्त विवरण निवेदनमा जनाइएको प्रमुख भगतले जानकारी दिए ।
अधिग्रहण भएको जमिनमा निर्मित जस्तापाताको छानाले छाएको दुईतले इँटा लगाएको जीर्ण पक्की घर र गार्डकोठा प्रमाणका रुपमा रहेका जनाइएको छ । स्व झाका छोराहरुले उच्च अदालत जनकपुरमा आफ्नो जमिन भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् । साथै मालपोत कार्यालय बरहथवामा पनि आफ्नो हो भनि निवेदन दिएको मालपोत कार्यालयले जनाएको छ ।
सिँचाइ आयोजनाको निर्माण २०३९/४० देखि सुरु भई २०४४/४५ मा कार्यान्वयनमा आएको थियो । कार्यालयअन्तर्गत हीरापुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुईसय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइँदै आइएको कार्यालय प्रमुख भगतले जानकारी दिए ।
उनका अनुसार उक्त सिँचाइ आयोजनाबाट छ हजार सात सय परिवारका ५० हजार जनता लाभान्वित भएका छन् । आयोजनाको निर्माणले हाल ४० हजार दुई सय ४४ मेट्रिकटन खाद्यान्न उत्पादन सुरु भएको भगतले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - २२:०१
बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...
बैशाख ३१ गते, २०८३ - २१:३९
काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...
बैशाख ३१ गते, २०८३ - २१:३२
काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...
बैशाख ३१ गते, २०८३ - २१:२६
काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...
बैशाख ३१ गते, २०८३ - २०:१६
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...
बैशाख ३१ गते, २०८३ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...
बैशाख ३१ गते, २०८३ - २०:०५
संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास
बैशाख ३१ गते, २०८३ - १९:५९
काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...



प्रतिकृया लेख्नुहोस्: