Ntc summer Offer
Khabar Dabali १ श्रावण २०८२ बुधबार | 16th July, 2025 Wed
Investment bank

जनकपुरको सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

खबरडबली संवाददाता

जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ ।

स्थानीय हरिनारायण झाका छोराहरुले उक्त जग्गा आफ्नो रहेको दाबी गरेपछि सो कार्यालयले जमिनको सुरक्षाको माग गरेको हो ।

सर्लाहीको साविक गाविस सुन्दरपुर चौहडवा–८ हाल बरहथवा नगरपालिका–१३ स्थित किता नं १८५ र १८८ को सात कट्ठा जमिनमा स्व झाका छोरा गङ्गाधर झा, प्रमोद झा, चन्द्रमोहन झा, चन्द्रवंशी झा र राजवंशी झाले आफ्नो भनी दाबी गरिरहेकोले बिवाद उत्पन्न भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए ।

उनीहरुले उक्त जमिनमा दाबी गरेपछि अख्तियार दुरुपयोग आयोगको कार्यालय बर्दिबास तथा जिल्ला प्रशासन कार्यालय सर्लाही मलगङ्वामा सिँचाइ व्यवस्थापन कार्यालयले आफ्नो प्रमाण तथा दाबीसहित सुरक्षाका लागि लिखित निवेदन पेस गरेको उनले उल्लेख गरे ।

तीन करोड मूल्य बराबरको सो जमिन विसं २०४० मा मन्त्रालयले सिँचाइ कार्यका लागि मुआब्जा वितरण गरेर अधिग्रहण गरेको थियो । जमिनको मूल्य बढेपछि ४० वर्षपछि उक्त जमिनमा विवाद सुरु भएको स्थानीय बताउँछन् ।

विसं २०४० अगाडि स्थानीय जमिन धनीहरुलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गरिएको थियो । त्यसमा स्थानीय धेरैले आआफ्नो जमिन सिँचाइ कार्यालयको पूर्वाधार निर्माणका लागि बिक्री गरेर मुआब्जा लिएका थिए  ।

सोही क्रममा स्व हरिनारायण झाले पनि बिक्री गरेका कार्यालय प्रमुख भगतले बताउँदै विसं २०५० मा बागमती नदीमा आएको बाढीले सो कार्यालयका सम्पूर्ण कागजात नष्ट भएको जानकारी दिए ।

मालपोत कार्यालय बरहथवामा उक्त किता नम्बरको जमिनको स्रेस्ता पाना च्यातिएकाले स्व झाका छोराहरुले सो जमिन आफ्नो भनी दाबी गरेका कार्यालयका कर्मचारीहरुले बताएका छन् ।

विवाद समाधानका लागि नापी कार्यालय बरहथवाको नापी टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीय जनताको भेलाले सो जमिनका सम्बन्धमा मुचुल्का तयार गरिएको छ । सो क्रममा एक सयबढी स्थानीय, जल उपभोक्ता र सिँचाइका पुराना कर्मचारीको उपस्थिति थियो । मुचुल्का तयार गर्ने क्रममा उपस्थितले उक्त जमिन सिँचाइ कार्यालयको रहेको लिखितपत्रमा हस्ताक्षर गरेका प्राप्त विवरण निवेदनमा जनाइएको प्रमुख भगतले जानकारी दिए ।

अधिग्रहण भएको जमिनमा निर्मित जस्तापाताको छानाले छाएको दुईतले इँटा लगाएको जीर्ण पक्की घर र गार्डकोठा प्रमाणका रुपमा रहेका जनाइएको छ । स्व झाका छोराहरुले उच्च अदालत जनकपुरमा आफ्नो जमिन भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् । साथै मालपोत कार्यालय बरहथवामा पनि आफ्नो हो भनि निवेदन दिएको मालपोत कार्यालयले जनाएको छ ।

सिँचाइ आयोजनाको निर्माण २०३९/४० देखि सुरु भई २०४४/४५ मा कार्यान्वयनमा आएको थियो । कार्यालयअन्तर्गत हीरापुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुईसय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइँदै आइएको कार्यालय प्रमुख भगतले जानकारी दिए ।

उनका अनुसार उक्त सिँचाइ आयोजनाबाट छ हजार सात सय परिवारका ५० हजार जनता लाभान्वित भएका छन् । आयोजनाको निर्माणले हाल ४० हजार दुई सय ४४ मेट्रिकटन खाद्यान्न उत्पादन सुरु भएको भगतले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

पर्सा । पर्साबाट स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका-२ का २६ व...

भोजपुरमा एकै घरका चारजनाकाे समुहिक हत्या

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उ...

आज हरिशयनी एकादशी, घर घरमा तुलसीको बिरुवा रोपिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपिँदै छ। एक महिनाअघि ज्येष्ठ शुक्ल हरिशयनी एकादशीका दिनमा घरघरको तुलसी मोठमा...

पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान

काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र से...

डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ

पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ ग...

बस र इभी गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु, १८ जना घाइते

चितवन । पूर्व पश्चिम राजमार्गको चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित...

ऐडी दम्पत्तिको खास लाग्दो तरकारी खेती, आस लाग्दो आम्दानी

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका  छन् । करिब एक दशक अगाडि काठमाडौँको थानक...

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

काठमाडौँ । भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानका...

ढुंगाले हानेेर एकजनाकाे हत्या, एकनाम पक्राउ

झापा  । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...

ढुंगाले हानेेर एकजनाकाे हत्या, एकनाम पक्राउ

झापा  । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending