काठमाडौँ । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका हुन् ।
भेनेजुएला छोड्नु अघि, गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेका थिए । जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ । यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएका थिए ।
चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेका गोन्जालेजलाई पक्राउ गर्न समेत अदालतले आदेश दिएको थियो । स्पेन पुगेपछि गोन्जालेजले अडियो सन्देश जारी गर्दै लोकतन्त्र र जनताको स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने बताएका छन् ।
गोन्जालेज स्पेन जानु अघि उनको गिरफ्तारीको वारेन्ट पनि जारी गरिएको थियो । उनीमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएको थियो।
भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा आफ्नो ज्यान खतरामा परेकाले गोन्जालेजले देश छाड्नुपरेको लेखेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - १६:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञ...
मंसिर ९ गते, २०८१ - १५:३९
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ। कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राख...
मंसिर ९ गते, २०८१ - १५:३६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्...
मंसिर ९ गते, २०८१ - १४:४७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । ...
मंसिर ९ गते, २०८१ - १४:२७
घोडाघोडी। कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले झुण्डिएर आत्महत्या गरेका छन् । फरक–फरक स्थानमा भएको आत्महत्याको कारण भने खुलेको छैन । घोडाघोडी...
मंसिर ९ गते, २०८१ - १४:२०
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएको छन। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधा...
मंसिर ९ गते, २०८१ - १४:१०
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर ...
मंसिर ९ गते, २०८१ - १४:०२
काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएको छन । प्रधान सेनापति महारथी अ...
मंसिर ९ गते, २०८१ - १३:५०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई गरेको जरिवानासम्बन्धी पत्र औपचारिक रूपमा बुझाउन एमाले पार्टी कार्यालय च्यासल जाने भएको छ । महानगर...
मंसिर ९ गते, २०८१ - १३:३४
मङ्सिर। सत्ता सहयात्री दलहरुले नेकपा एमालेलाई वहिष्कार गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसगँ महोत्तरी क्षेत्र नं.४ मा क्षेत्रीय गठबन्धन गरेको ...
प्रतिकृया लेख्नुहोस्: