Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

सरकार गलत नियत र उद्देश्यले बनेको प्रमाणित भइसकेको छः सांसद तामाङ

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका सांसद हितबहादुर तामाङले सरकारले पुरस्कृत गर्नुपर्ने कुलमान घिसिङ जस्तो मान्छेलाई ह्यारेस्मेन्ट गरेको भन्दै आक्रोश पोखेका छन् ।  

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रमुख नेताहरूले विरोध गरेकै कारण सुदूरपश्चिमका ९‚ १० युवाहरूलाई गिरफ्तार र थुन्ने काम गरेको उल्लेख गरे । 

वर्तमान सरकारले एनसेल नवीकरणको नाममा अरबौको चलखेल भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  ‘सरकारले मुख्य सचिव बनाउँदा बरियताक्रम मिच्यो । अरू सचिवले राजीनामा दिनुपर्यो‚’ उनले भने ।  सांसद तामाङले वर्तमान गठबन्धन अपवित्र र अप्राकृतिक भएकोमा पनि आपत्ति जनाए ।

सरकार गलत नियत र उद्देश्यले बनेको प्रमाणित भइसकेको पनि उल्लेख गरे ।  सांसद तामाङले संविधान संशोधनको विरोधी नेकपा माओवादी नभएको भन्दै जनताको हितको पक्षमा परिवर्तन गर्नुपर्छ भनेपनि अहिले सरकार ४७ सालकै संविधान ल्याउनेगरी लागि परेको आरोप लगाए ।

सरकारले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न लागिपरे त्यसको प्रतिकार माओवादीले गर्ने उल्लेख गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...

सटर भाडादेखि जग्गाको आम्दानीसम्म ‘गायब’, सुर्खेत नगर विकासमा झन्डै ३ करोड हिनामिना

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...

४१ वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...

प्रधानमन्त्री नआए पनि संसद् चल्ने बाटो खोलियो, जवाफ दिने दिन तोकियो

काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...

‘राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री गायब’ राष्ट्रिय सभामा सरकारमाथि कडा प्रश्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन  साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...

संसद् रोकियो, प्रधानमन्त्री ‘मन्त्रालय कटौती’को बैठकमा

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...

अलपत्र पाँच पुलको विकल्प खोजिँदै, भेरी कोरिडोरमा थप १४ पुल बनाउन सरकारको स्वीकृति

जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending