लहान। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काको वैशाखीमा हिँडेर गन्तव्यमा पुग्न नसक्ने बताएको छन् ।
मधेशमा पार्टी सङ्गठनलाई बलियो बनाउन मधेश प्रदेश प्रवेश गरेका प्रचण्डले सिराहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा यस्तो बताएको हो ।
आफू मधेश आएको बेला माइती अर्थात् आफ्नै घर आएको अनुभूति हुने गरेको भन्दै दोस्रो संविधान सभामा सिराहाले चुनाव जिताएर पठाएपछि संविधान निर्माणको अभिभारा पूरा भएको बताए । उनले भने, ूसम्मानित सदनमा नै भनिसकेको छु , अब २०८४ सम्म आफू सरकारको नेतृत्व गर्ने पक्षमा छैन । पार्टी बनाउन देश दौडाहा गरिरहने क्रममा मधेश प्रवेश गरेको छु । मधेशमा आउने चुनावमा पार्टीलाई पहिलो बनाउने सङ्कल्प लिएको छु । देशैभरिमा २०६४ सालको जस्तो पहिलो पार्टी बनाएर सरकार बनाउने दृढताका साथ अघि बढेको छु । अब पार्टीभित्र धोका दिनेहरु जो कोही भए पनि क्षम्य हुने छैन ।ू
अहिले काँग्रेस र एमाले पहिलो र दोस्रो पार्टी मिलेर लोकतन्त्र सिध्याउने र भ्रष्टाचारीहरुलाई जोगाउन आफैं मिलेको होइन, बिचौलियाहरुले मिलाइदिएकोले संविधान संशोधनको नाममा जन अधिकार खोस्नेतर्फ सरकार अघि बढे माओवादीले सडक र सदनबाट त्यसतो गर्न नदिइने उनले दाबी गरे।
ूभुटानी शरणार्थी र अन्य काण्डमा जोडिएका ठूला नेता र कर्मचारीहरु भ्रष्टाचारमा फस्ने डरले रातारात शेरबहादुर देउवा र केपी ओली मिलेर सरकार गठन गरेकोले आफू सरकारबाट हट्दा पनि जति आत्मवबल लिएर जनतामा रहेका छौं । एमाले काँग्रेस सरकारमा गए पनि उत्साहित छैन । १८ महिना सरकारको नेतृत्व गर्दा सुशासन र समृद्धिको लागि काम गरेकै कारण सरकारबाट हट्नुपरयो । अब अर्काको वैशाखीमा होइन, आफनै बलमा सरकार बनाउन माओवादी अघि बढिसकको छ । हरेक नेता कार्यकर्ताले मिसन २०८४ मा माओवादीको बहुमतको सरकार बनाउने गरी काम गर्नु बाहेकको अर्को विकल्प छैनू, अध्यक्ष प्रचण्डले जोड दिए ।
एमाले र काँग्रेस दुबैसँग गठबन्धन गरेर आफूले प्राप्त गरेको अनुभवले आउने चुनावमा कुनै दलसँग गठबन्धन नगरी आफ्नो उम्मेदबार उठाउने पाठ सिकेको अध्यक्ष प्रचण्डले भन्दै पार्टी कसरी बन्छ र सरकार कसरी चलाउनुपर्छ यो दुबै तौरतरिकाका ज्ञान र कला माओवादीले बुझिसकेको उनले प्रष्टयाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: