लहान। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काको वैशाखीमा हिँडेर गन्तव्यमा पुग्न नसक्ने बताएको छन् ।
मधेशमा पार्टी सङ्गठनलाई बलियो बनाउन मधेश प्रदेश प्रवेश गरेका प्रचण्डले सिराहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा यस्तो बताएको हो ।
आफू मधेश आएको बेला माइती अर्थात् आफ्नै घर आएको अनुभूति हुने गरेको भन्दै दोस्रो संविधान सभामा सिराहाले चुनाव जिताएर पठाएपछि संविधान निर्माणको अभिभारा पूरा भएको बताए । उनले भने, ूसम्मानित सदनमा नै भनिसकेको छु , अब २०८४ सम्म आफू सरकारको नेतृत्व गर्ने पक्षमा छैन । पार्टी बनाउन देश दौडाहा गरिरहने क्रममा मधेश प्रवेश गरेको छु । मधेशमा आउने चुनावमा पार्टीलाई पहिलो बनाउने सङ्कल्प लिएको छु । देशैभरिमा २०६४ सालको जस्तो पहिलो पार्टी बनाएर सरकार बनाउने दृढताका साथ अघि बढेको छु । अब पार्टीभित्र धोका दिनेहरु जो कोही भए पनि क्षम्य हुने छैन ।ू
अहिले काँग्रेस र एमाले पहिलो र दोस्रो पार्टी मिलेर लोकतन्त्र सिध्याउने र भ्रष्टाचारीहरुलाई जोगाउन आफैं मिलेको होइन, बिचौलियाहरुले मिलाइदिएकोले संविधान संशोधनको नाममा जन अधिकार खोस्नेतर्फ सरकार अघि बढे माओवादीले सडक र सदनबाट त्यसतो गर्न नदिइने उनले दाबी गरे।
ूभुटानी शरणार्थी र अन्य काण्डमा जोडिएका ठूला नेता र कर्मचारीहरु भ्रष्टाचारमा फस्ने डरले रातारात शेरबहादुर देउवा र केपी ओली मिलेर सरकार गठन गरेकोले आफू सरकारबाट हट्दा पनि जति आत्मवबल लिएर जनतामा रहेका छौं । एमाले काँग्रेस सरकारमा गए पनि उत्साहित छैन । १८ महिना सरकारको नेतृत्व गर्दा सुशासन र समृद्धिको लागि काम गरेकै कारण सरकारबाट हट्नुपरयो । अब अर्काको वैशाखीमा होइन, आफनै बलमा सरकार बनाउन माओवादी अघि बढिसकको छ । हरेक नेता कार्यकर्ताले मिसन २०८४ मा माओवादीको बहुमतको सरकार बनाउने गरी काम गर्नु बाहेकको अर्को विकल्प छैनू, अध्यक्ष प्रचण्डले जोड दिए ।
एमाले र काँग्रेस दुबैसँग गठबन्धन गरेर आफूले प्राप्त गरेको अनुभवले आउने चुनावमा कुनै दलसँग गठबन्धन नगरी आफ्नो उम्मेदबार उठाउने पाठ सिकेको अध्यक्ष प्रचण्डले भन्दै पार्टी कसरी बन्छ र सरकार कसरी चलाउनुपर्छ यो दुबै तौरतरिकाका ज्ञान र कला माओवादीले बुझिसकेको उनले प्रष्टयाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १२:३७
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज मन्त्रीका रूपमा सरकारमा सहभागी हुँदैछन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो २ बजे शपथ गर...
पौष ११ गते, २०८२ - १२:२१
काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मू...
पौष ११ गते, २०८२ - ११:१६
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको तयारी भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर ...
पौष ११ गते, २०८२ - ११:१२
काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रम...
पौष ११ गते, २०८२ - ११:०६
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइ...
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...




प्रतिकृया लेख्नुहोस्: