Ntc summer Offer
Khabar Dabali ३२ जेष्ठ २०८२ शनिबार | 14th June, 2025 Sat
Investment bank

एन्फा महिला लिग:सुदूरपश्चिममाथि आर्मीको गोल वर्षा

खबरडबली संवाददाता

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ गोलले हरायो ।

एकपक्षीय खेलमा आर्मीलाई जिताउन दिपा शाहीले पाँच गोल गरिन । यस्तै अनिता लम्जेलले दुई तथा चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, विमला विक र सन्जु कुमालले एक एक गोल थपे । 

आर्मीले अर्को एक गोल सुदूरपश्चिमबाट आत्मघाती उपहार पाएको थियो । सुदूरपश्चिमले पनि एउटा गोल आर्मीबाट उपहार पायो । जितसँगै आर्मीले तीन खेलबाट ६ अङ्क बनाएको छ । सुदूरपश्चिम अङ्कबिहीन छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । 

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाईघाटमा किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्दशनी गर्दै ‘उभौली’ समापन (फोटो)

उदयपुर । उदयपुरकाे गाईघाटमा आदिवासी जनजाति किराती समुदायको महान पर्व ‘उभौली’ समापन भएको छ । किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्द...

पाँचथरको कुम्मायक गाउँपालिकाकाे भुल्के र लुङरुपामा अस्थायी प्रहरी पोस्ट

पाँचथर । पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के  र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन् । तराईदेखि प...

पार्टी नेताकाे श्रद्धान्जली सभामा भाग लिन अध्यक्ष नेपाल रौतहटमा

रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी  सदस्य वीरेन्द्र साहप्रति  श्रद्धाञ्जली अर...

मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट पाँच पक्की पुल बनायाे

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ । सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजक...

माेरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज  श्रीमान श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय प...

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव सेवा प्रभावित

सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव कारण सर्वसाधारण सेवाबाट बञ्चित भइरहेका छन् । मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकह...

भाेलिनै नै सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । संविधानले व्यवस्था गरे अनुसार प्रदेश...

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

चीन । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको ...

मकवानपुरमा बसले कारलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर । पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका १५ स्थित डाइभरडाँडा सडकखण्डमा बसले कारलाई ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन् । शनिब...

भाेलि लुम्बिनी प्रदेशको बजेट प्रस्तुत हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १ गते आइतबार प्रस्तुत गर्ने भएको छ । आइतबार प्रदेश सभाको १३औँ बैठकमा आर्थिक म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending