Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थप व्यवसायिक बनाउन प्रयत्नशिल छौं- गृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशिल रहेको बताएका छन् ।

आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि।स। १६ ९क० सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधयेकको काम अघि बढेको जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ती सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताए ।

राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी बलले पुर्याउँदै आएको योगदानका कारण यो संगठन अब्बल सुरक्षा निकायका रुपमा स्थापित भएको लेखकको भनाई थियो ।

 'स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिती कायम सशस्त्र प्रहरी संगठनले गरेको छ ।'उनले भने, 'जिम्मेवारी सम्पादन गर्ने शिलसिलामा प्रर्दशन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी संगठन बनेको छ ।'

परिवर्तित राजनैतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यवसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरुको प्रवन्ध गरेको धारणा राखे । 

सशस्त्र प्रहरीले आफ्नो जनशक्तिललाई पेशागत रुपमा दक्ष एवं क्षमतावान बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभुत तथा उन्नत तालिमहरु सञ्चालन गरिरहेको बताए । 'यस्ता तालिमहरुका लागि आवश्इक पुर्वाधार व्यवस्थापन तथा क्षमता अभिवृधिका लागि सरकारले पुर्ण साथ एवं सहयोग रहेको र यसको निरन्तरता हुनेमा समेत आश्वस्त पार्न चाहन्छु ।' उनले भने, 'सशस्त्र प्रहरी बलको नेतृत्व र सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्रसेवकहरु आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर शान्ति सुरक्षाका क्षेत्रमा नविन योजना लागू गर्दै अघि बढिरहेको महशुस छ ।'

उनले देशको विकासको पुर्व सर्त भनेकै शान्ति सुरक्षा कायम हुनु हो भन्दै सबै सुरक्षा निकाय तथा आम नागरिकहरुसंगको सहकार्य र समन्वयबाट मात्रै शासन्त सुव्यवस्था कायम गर्ने कार्य सम्भव रहनेमा जोड दिए । साथै दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षहरुलाई अनुशासित, मेहनती एवं लगनशील भएर राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिए । 

उक्त समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । उक्त समारोहमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोर्कणमणि दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँर लगायतको सहभागिता रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: