वाशिङटन डिसी । नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् । यहाँस्थित नेपाली दूतावासले आइतबार मोति जयन्तीका अवसरमा आयोजना गरेको छलफल तथा कवि गोष्ठी कार्यक्रममा सहभागी लेखक, साहित्यकार र कविहरूले विश्वभरि नेपाली भाषाको जगेर्ना, पठनीय र लेखनीय बनाउन स्रष्टाको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा डायस्पोराको महत्त्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा सहभागी वक्ता वसन्त श्रेष्ठले विगत वर्षहरूमा दूतावासले भाषा र साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले भाषाको माध्यमबाट मातृभूमिको सम्बन्ध मजबुत हुने भएकाले दोस्रो पिँढीलाई समेत नेपाली भाषा सिकाउन अनुरोध गरे ।
दूतावासका उत्तम घिमिरे, साहित्यकार गण्डकी पुत्र, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले मन्तव्य राखे । कविहरू तीर्थराज पाण्डेय, गोविन्द गिरी ‘प्रेरणा’, मधुकर अधिकारी, सुदीप भद्र खनाल, जगन्नाथ पौडेल, तारा पराजुली, अशोकनाथ तिवारी, मनोज खड्का, शरद निरौला, प्रेम सङ्ग्रौला, पुष्पा खनाल, लोक नाथ तिवारी, मञ्जु सङ्ग्रौला, नारायण अधिकारी, वासु श्रेष्ठलगायतले आ–आफनो रचना वाचन गरेका थिए । यसैगरी, डिवी राना, प्रवीन खड्का, सन्तोष शर्मा, परशु तिमिल्सेना, सीता पाण्डे र काशिनाथ न्यौपानेले पनि कविता वाचन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - २१:०२
सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...
पौष ५ गते, २०८१ - २०:५१
काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...
पौष ५ गते, २०८१ - २०:२९
झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित न...
पौष ५ गते, २०८१ - २०:२४
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । क...
पौष ५ गते, २०८१ - १९:५९
काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...
पौष ५ गते, २०८१ - १९:४४
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । नेपाल र दक्षिण ...
पौष ५ गते, २०८१ - १९:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । ...
पौष ५ गते, २०८१ - १९:३२
क्वालालम्पुर । दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भए...
पौष ५ गते, २०८१ - १९:२८
पाल्पा । पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–...
पौष ५ गते, २०८१ - १९:२४
काठमाडाैं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको...
प्रतिकृया लेख्नुहोस्: