काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८१ को साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकरले चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गर्दा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको छ ।
भदौ मसान्तसम्म सरकारले एक खर्ब ६६ अर्ब ३८ करोड रूपैयाँको राजस्व संकलन गरेको छ। यो कुल वार्षिक लक्ष्यको ११।७२ प्रतिशत हो । जसमध्ये २१ अर्ब १९ करोड गैरकर राजस्व हो भने एक खर्ब ४५ अर्ब १९ करोड कर राजस्व हो।
गत वर्ष यसै समयमा एक खर्ब ४१ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन भएको थियो। चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, दुई महिनाको अवधिमा सरकारलाई वैदेशिक अनुदान भने प्राप्त भएको छैन । यो वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य सरकारको छ ।
प्रदेश तथा स्थानीय तहले खर्च नगरेर फिर्ता गरेको अनुदान तथा बेरूजु असुलीबाट प्राप्त हुने रकम (अन्य प्राप्ती) ३ अर्ब १३ करोड रूपैयाँ संकलन भएको छ। गत वर्ष भने यस्तो रकम १३ अर्ब १५ करोड संकलन भएको थियो।
दुई महिनामा गरिएको कुल खर्चमध्ये ८२ अर्ब ९८ करोड रुपैयाँ चालु तथा प्रशासनिक शीर्षकमा खर्च भएको छ ।गत वर्ष यसै अवधिको यस्तो खर्च ८७ अर्ब ६६ करोड थियो । गत वर्षको भन्दा चालु खर्च पाँच अर्ब कम भएको छ।
यस्तै, गत बर्षको तुलनामा पुँजीगत खर्च भने बढेको छ। गत वर्षको दुई महिनाको अवधिमा ८ अर्ब रूपैयाँ मात्रै पुँजीगत खर्च भएको थियो । चालु आवको दुई महिनामा भने सरकारको यस्तो खर्च बढेर १४ अर्ब ८९ करोड रूपैयाँ पुगेको छ ।
त्यसैगरी, सार्वजनिक ऋणको सावा फिर्ता तथा सार्वजनिक संस्थानमा ऋण लगानीको रूपमा गरिने वित्तीय व्यवस्थापन खर्च पनि बढेको छ। चालू वर्षको दुई महिनामा यस्तो खर्च ३९ अर्ब ६७ करोड रूपैयाँ भएको छ। गत वर्ष भने ३५ अर्ब ३१ करोड यस्तो खर्च भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...
फाल्गुन २५ गते, २०८२ - २०:१६
काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिबाना तोकेको छ । आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त)...
फाल्गुन २५ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापा पदबाट राजीनामा दिने तयारीमा पुगेका छन् । अहिले नयाँ बानेश्वरमा उपसभापति ...
फाल्गुन २५ गते, २०८२ - २०:०९
काठमाडौं । काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बर...
फाल्गुन २५ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । अछाम जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षे...



प्रतिकृया लेख्नुहोस्: