काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा सुधारका पहलहरु भइरहेको जानकारी दिए ।
बिरामी सुरक्षा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री पौडेलले बिरामी सुरक्षाको सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा निरन्तर सुधारका पहलहरु भइरहेको जानकारी दिए।
पहलहरुलाई अर्थपूर्ण बनाउन उपलब्ध स्रोत, उपकरण र जनशक्तिको उपयोग गर्दै बिरामीको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गरी निदानात्मक सेवालाई थप प्रभावकारी र सुरक्षित बनाउन उहाँले प्रतिवद्धता गरे।
यसका लागि आवश्यक वातावरण सिर्जना गर्न सरोकारवाला निकायलाई उहाँले आह्वान गरे।
बिरामीलाई हुने हानी न्यूनीकरण गर्न बिरामी, स्वास्थ्यकर्मी, तथा नीति निर्मातहरु बिच पारस्पारिक समझदारी र सहकार्यको विकास गर्न जरुरी रहेको मन्त्री पौडेलको ठहर छ ।
उनी भन्छन्, “बिरामीको रोगको सहि र सुरक्षित निदान प्रकृयामार्फत निदानात्मक त्रुटिहरुलाई न्यूनीकरण गर्न र प्रणालीगत तथा मानवीय क्षमता अभिवृद्धि गर्न बिरामी स्वयं, उनको परिवार, स्वास्थ्यकर्मी तथा स्वास्थ्यलाई नेतृत्व प्रदान गर्न सबैको महत्त्वपूर्ण भूमिका रहन्छ ।”
नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐनलगायत उपभोक्ता संरक्षण ऐनले समेत बिरामी सुरक्षालाई प्रथमिकतामा राखेको सन्दर्भमा हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘राष्ट्रिय बिरामी सुरक्षा कार्य योजना २०२४–२०३०’ ले यसका लागि थप दिशानिर्देशन गर्ने उनको विश्वास छ ।
बिरामीको रोगको सही निदानात्मक प्रकृयालाई विशेष जोड दिएको, यस वर्षको विश्व बिरामी सुरक्षा दिवसको मुल नारा ‘निदानमा सुधार, बिरामी सुधार, बिरामी सुरक्षाको आधार’ रहेको छ ।
यो दिवसले बिरामी सुरक्षा गर्न आम नागरिकको चेतनामा अभिवृद्धि गर्नुका साथै बिरामी सुरक्षाको सुनिश्चितता गर्न नीतिहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्दै बिरामीमा हुन सक्ने हानी न्यूनीकरण गर्न मद्दत गर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: