Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

नेपालमै बन्ने भयो लुब्रिकेन्ट, धनुषामा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ

खबरडबली संवाददाता

धनुषा  । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित वासुले सो उद्योग समुदघाटन गरे । 

सो अवसरमा मुुख्यमन्त्री सिंहले मधेश प्रदेश स्रोतमा धेरै धनी भएको र यसको सदुपयोग गरेर नेपाललाई समृद्ध बनाउनका लागि धेरै कार्य गर्न सकिने बताए । दैनिक रुपमा बढ्दो प्रविधि र प्रयोगसँगै अटोमोबाइल इन्ड्रस्ट्रीको दायरा समेत बढ्दै गएकोमा लुब्रिकेन्ट जस्तो अत्यावश्यकीय वस्तुको उत्पादन नेपालमै शुरु हुनु ठूलो सफलता रहेको मुख्यमन्त्री सिंहले बताए । लुब्रिकेन्ट उत्पादनसँगै नेपालमा रोजगारी सिर्जना र आर्थिक उत्पादनमा कम्पनीले ठूलो सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे । 

भिडोल इन्टरनेसनल, युकेका निर्देशक अरिजित वासुले नेपालमा लुब्रिकेन्ट बजारमा निकै प्रतिस्पर्धा भए पनि गुणस्तरीय उत्पादन भए पछि सबैको रोजाइमा पर्ने र रोजगारी समेत सिर्जना हुने बताए । उनले यो स्तरको प्लान्ट बनाएर लुब्रिकेन्ट उत्पादन गर्नु नेपालको लागि गौरवको विषय समेत भएको बताए । 

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले करिव ५० करोडको लागतमा निर्माण भएको उद्योगबाट उत्पादन हुने लुब्रिकेन्ट, ग्रिज र अन्य उत्पादन विदेशबाट आयात गरेको भन्दा केही कम मूल्यमै उपलब्ध हुने बताए । 

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले सो उद्योगबाट हुने लुब्रिकेन्ट उत्पादन प्रक्रियाको समग्र प्रक्रिया वारेमा जानकारी प्रदान गरे । 

१ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १ लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ ।

उद्योगले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्छ र तयारी लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्छ। कारखानाले दुई लाख लिटर लुब्रिकेन्ट स्टोरेज ट्यांक बनाएको छ।

हाल सो उद्योगमा युकेको प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड भिडोलको उत्पादन समेत शुरु भएको छ । यो भन्दा पहिले नेपाली ब्रान्ड ‘नेपाल गोल्ड’ लुब्रिकेन्ट समेत यहाँबाट उत्पादन भइरहेको छ ।
सो उद्योगमा सम्भव भए सम्म स्वदेशी कच्चा पदार्थ नै प्रयोग गरिने बताइएको छ । 

यहाँ करिव ५० जनाले रोजगारी पाएका छन् । भारत र वेलायतबाट आएका प्राविधिकहरूले उद्योगका कामदारलाई प्रशिक्षण दिइरहेका छन् ।  बेस आयल र एडिटिभ्सको समिश्रण गरी लुब्रिकेन्ट बनाइन्छ । जसमा एडिटिभ्सको अनुपात गुणस्तर अनुसार ४ देखि १२ प्रतिशत रहन्छ । उत्पादित लुब्रिकेन्ट स्वचालित प्रणालीबाटै प्याकेजिङ हुन्छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बआवासको हक संरक्षण गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

काठमाडाैं  ।  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...

मञ्जुश्री ‘कोअपरेटिभ’का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending