Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय होः अध्यक्ष ढकाल

खबरडबली संवाददाता

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएको छन् । शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएको हो ।

अध्यक्ष ढकालले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे । उनले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताए। उनले पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको जानकारी दिए।

उनले भने, ‘‘अहिलेको अवस्था भनेको नेपालका हरेक सम्भवना भएका क्षेत्रमा लगानी गर्ने सही समय हो । व्यवसायीहरुको नेतृत्व गर्नेहरुले पोजेटिभ माहोल तयार गर्ने हो भने डाउन द लाइन नकारात्मक भाष्य चिर्दै लग्नसके लगानीको वातावरण बन्छ ।’’

उनले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्विडिटी प्रशस्त रहेको उल्लेख गरे। उहाँले व्यवसायीहरुको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गरे ।

अध्यक्ष ढकालले भने, ‘‘१० अर्ब बराबरको पेड अफ क्यापिटल भएको इन्भेष्टमेण्ट कम्पनी छ भने यसलाई एज इक्युटिको रुपमा यदी मान्ने हो भने २०, २५ प्रतिशत मान्ने हो भने करिब ४० अर्ब बराबरको आयोजनामा लगानी गर्न सकिन्छ । अहिले पयर्टनको कुरा गर्दा पर्यटकको नम्बहरु बढेको छ । रेमिट्यान्सको कुरा गर्दा फ्लो बढेको छ । फरेन करेन्सीको रिजर्भ पनि त्यत्तिकै छ । बैंकमा लिक्विडिटी पनि त्यत्तिकै छ । बैंकको ब्याजदर पनि सिंगल डिजिजमा घटिसकेको छ ।’’

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वतःफूर्त काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजस्व वृद्धि हुने दाबी गरे। तीन तहकै सरकारले निजी क्षेत्रलाई इन्करेज गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौँ। केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘आई’ अन्तर्गत मङ्...

पोखरा बसपार्कबाट व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संर...

मेस्सीको अद्भुत विश्वकीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ। कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेर...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending