Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

आज नेपाल क्यानडासँग खेल्दै

खबरडबली संवाददाता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आइतबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ । क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५बजे खेल सुरु हुनेछ । एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल, क्यानडा र ओमान छन् । 

अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई यस सिरिजमा टिक्न अबका खेल निकै महत्वपूर्ण छ । नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल जित नजिक पुगेपनि ओमानसँग एक विकेटले पराजित भएको थियो । 

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेलिरहेको हो । नेपालले यस सिरिजको चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ । यसअघि पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । 

नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ । नेपालले क्यानडापछि अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ । यस सिरिजमा आयोजक नेपाल र स्कटल्यान्ड  छ । 

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र देव खनाल (वैकल्पिक खेलाडी) । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा सुकुम्बासीलाई ऐलानी जग्गाको निस्सा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा भूमिहीन किसान तथा सुकुम्बासीलाई ऐलानी जग्गा उपभोग गरेको निस्सा उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नम्बर–६ स्थित...

नेपाल पुलिस बन्याे सेन्ट्रल एसियन भलिबल एसोसिएसन च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।  फा...

खाेटाङमा गुम्बा निर्माण ६ वर्षदेखि अलपत्र

खोटाङ । खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको...

पाथीभरामा अठार लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत...

फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिए...

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित, पूर्वाधार थपिँदै

मुस्ताङ । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् ।...

धुँवामुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत ग्यास सिलिन्डर र चुल्हो वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकावासीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । धुँवामुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरेको...

‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन’का लागि विश्वका नेताहरु न्यूयोर्कमा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१औं शताब्दीका चुनौतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरेको ‘सुरक्षित भविष्यका लागि शि...

क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा गोरखा आरूघाट गाउँपालिका-१० घर भई हाल काठमाडौं गोकर्ण...

इरानी खानी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

तेहरान । इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy