Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

महोत्तरीमा गर्मी बढेपछि विद्यालयमा बिदा

खबरडबली संवाददाता

महोत्तरी । असोज महिनामा पनि अत्याधिक गर्मी बढेपछि मनराशिसवा नगरपालिकाले पालिकाको सम्पूर्ण विद्यालयमा बिदा दिएको छ । मनराशिसवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्माले एक सूचना जारी गर्दै असोज ७ गतेदेखि ११ गतेसम्मको लागि पालिकाको विद्यालयहरुमा बिदा दिएका हुन् । 

उनले पालिकाको असोज ६ गतेको निर्णय अनुसार वर्षे बिदामा कट्टा हुने गरि यस नगरपालिका अन्तर्गतका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गर्मी बिदा दिइएको जानकारी दिए । अत्याधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरि विद्यालयमा बिदा दिइएको हो । 

मनराशिसवा नगरपालिकामा २३ वटा सामुदायिक तथा छ वटा संस्थागत विद्यालयहरुमा करिब आठ हजारभन्दा बढी बालबालिकाहरु अध्ययन गर्दै आएका छन् । महोत्तरीमा केही दिनयता तापक्रम ३५ डिग्रीको हाराहारीमा रहने गरेको छ । महोत्तरीको अधिकांश विद्यालयको छाना चदराको रहेको कारण गर्मीमा अत्याधिक गर्मी भई विद्यार्थीहरुलाई असहज बनाउने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  आइतवार सिंहदरबारमा संव...

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

उदयपुरमा सुकुम्बासीलाई ऐलानी जग्गाको निस्सा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा भूमिहीन किसान तथा सुकुम्बासीलाई ऐलानी जग्गा उपभोग गरेको निस्सा उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नम्बर–६ स्थित...

नेपाल पुलिस बन्याे सेन्ट्रल एसियन भलिबल एसोसिएसन च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।  फा...

खाेटाङमा गुम्बा निर्माण ६ वर्षदेखि अलपत्र

खोटाङ । खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको...

पाथीभरामा अठार लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत...

फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy