Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

कम्युनिष्ट नेताहरुः जाे दक्षिण एसियामै पहिलो पटक सत्तामा पुगे

खबरडबली संवाददाता

काठमाडौं । अहिले दक्षिण एसियादेखि उत्तर अमेरिकासम्म र एक कोणमा त विश्वभर कम्युनिष्ट शब्दको चर्चाा भएको छ । अमेरिकी राष्ट्रपतीय उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलाई प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले ‘कमरेड कमला’ भन्छन् । कमलाका पिता मार्क्सवादी भएको फेरो जोडेर राष्ट्रपतीय बहस कार्यक्रममा पनि ट्रम्पले यो कुरा दोहोर्‍याए । जुन विषय विश्वभरका मिडियाको हेडलाइन बन्यो ।

अहिले नवनिर्वाचित श्रीलंकाली राष्ट्रपतिको कारण पनि कम्युनिष्ट शब्दको चर्चा बढेको छ । दक्षिण एसियामा कम्युनिष्ट शक्तिको उर्बर भूमि भारत र नेपाल हो । अझ रोचक कुरा त नेपालको कम्युनिष्ट चीनबाट आयात भएन । भारतबाट भयो । माओलाई नेता मान्ने नेपाली कम्युनिष्टका हर्ताकर्तालाई मेन्टरसिप गर्ने पनि भारतीय कम्युनिष्टहरू थिए ।

झण्डै ९९ वर्ष अगाडि सन् १९२५ डिसेम्बर २६ मा स्थापना भएको भारतीय कम्युनिष्ट पार्टीभन्दा झण्डै साढे दुई दशकपछि २००६ वैशाख ११ (सन १९४९ अप्रिल २३) मा स्थापना भएको हो नेपाल कम्युनिष्ट पार्टी ।

यी दुई पार्टीभन्दा धेरै पछि सन् १९६५ मा स्थापना भएको हो अहिलेको नयाँ सत्ताधारी श्रीलंकाको कम्युनिष्ट पार्टी जनमुक्ति मोर्चा (जेभीपी)।

भारतीय कम्युनिष्ट पार्टीले पहिलो निर्वाचित मुख्यमन्त्री बनायो । नेपालको कम्युनिष्ट पार्टीले पहिलो निर्वाचित प्रधानमन्त्री बनायो । अहिले आएर श्रीलंकाको कम्युनिष्ट शक्ति जेभीपीले पहिलो निर्वाचित राष्ट्रपति बनाएको छ । यहाँ ती तीन ऐतिहासिक दक्षिण एसियाली कम्युनिष्ट अनुहारको चर्चा गरिएको छ ।

पहिलो निर्वाचित मुख्यमन्त्रीः ईएमएस नामोदिरिपद
अहिले केरेलामा कम्युनिष्ट सरकारका मुख्यमन्त्री छन् । केरेलाको इतिहासमा मुख्यमन्त्रीको कथा नै कम्युनिष्टबाट सुरू हुन्छ । पहिलो केरेलाका मुख्यमन्त्री हुन् ईएमएस नामोदिरिपद । उनी भारतको कम्युनिष्ट पार्टीका सहसंस्थापक पनि हुन् । उनी सन् १९६७ मार्च ६ देखि सन १९६९ नोभेम्बर १ सम्म मुख्यमन्त्री भएका थिए । नामोदिरिपदले भारतमा मात्रै होइन दक्षिण एसियाबाटै सबैभन्दा पहिलो निर्वाचित मुख्यमन्त्री बन्ने रेकर्ड बनाएका छन् । सन् १९९८ मा ८८ वर्षको उमेरमा उनको निधन भयो ।

पहिलो निर्वाचित प्रधानमन्त्रीः मनमोहन अधिकारी
नेपाल कम्युनिष्ट पार्टीका प्रथम निर्वाचित महासचिव भएका मनमोहन अधिकारीले पछि कम्युनिष्ट पार्टीको त्यहीँबाट विकसित हाँगो नेकपा ९एमाले० का सर्वसम्मत अध्यक्ष भए । नेपालमात्र नभएर दक्षिण एसियाबाटै पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने रेकर्ड बनाए मनमोहनले । २०५१ मंसिरबाट २०५२ भदैसम्म बनेको ९ महिने मनमोहन सरकारको अहिले पनि नेपालमा चर्चा र तारिफ हुने गरेको छ । मनमोहन अधिकारीको कूटनीतिक मोर्चा पनि सफल मानिन्छ । भारतसँग सन् १९५० को सन्धि पुनरावलोकनको मुद्दा औपचारिक रूपमा उठाउने उनी पहिलो प्रधानमन्त्री हुन् ।

पहिलो निर्वाचित राष्ट्रपतिः अनुरा कुमारा दिसानायके
भर्खरैमात्र श्रीलंकामा पहिलो कम्युनिष्ट राष्ट्रपति चयन भएका छन् । श्रीलंकाली अखबार दि आइल्याण्डका अनुसार अनुरा कुमारा दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएर राष्ट्रपति भए । वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगेले २३ लाख हाराहारी मत पाएकोमा उनका निकटतम प्रतिस्पर्धी सजिथ प्रियदसाले ४५ लाख बढी मत ल्याए ।

चुनाव जितेका अनुरालाई भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाबाट सबैभन्दा पहिलो बधाई दिए । नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बधाई दिएका छन् । उनले मार्क्सवादी नेता चयन गरेकोमा श्रीलंकाली जनतालाई पनि धन्यवाद भनेका छन् ।

प्रचण्डले लेखेका छन्, ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा माक्सर्ववादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई मत सलाम गर्छु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दसैँ तिहारमा खाद्यान्न अभाव नहुने, सहुलियत पसल सञ्चालन

बाजुरा ।  यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार ...

देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं । हुम्लाबाहेक देशभरका सबै जिल्लामा  डेंगु संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग...

पोखरामा एकातिर रविको पक्षमा र अर्कातिर सूर्यदर्शनका पीडितको प्रदर्शन

काठमाडौं ।  सोमबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा फरक दुई दृश्य देखिएका छन । यी दुवै दृश्यमा जोडिएका पात्र भने एकजना अर्थात राष्ट्रिय स्वतन्त्...

दुर्गा प्रसाईं पक्राउको विरोधमा झापा बन्द गराउन खोज्ने दुई जना पक्राउ

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले झापामा यातायात बन्दको आव्हान गरे पनि बन्द प्रभावहीन भएको छ । व्यवसायी प्रसाईंलाई पक्राउ गरेको विरो...

स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिवुडको दोस्रो फिल्म

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ६०० करोड पार गरेको छ । ...

कम्युनिष्ट नेताहरुः जाे दक्षिण एसियामै पहिलो पटक सत्तामा पुगे

काठमाडौं । अहिले दक्षिण एसियादेखि उत्तर अमेरिकासम्म र एक कोणमा त विश्वभर कम्युनिष्ट शब्दको चर्चाा भएको छ । अमेरिकी राष्ट्रपतीय उम्मेदवार तथा उपराष्ट्र...

पोखरामा रास्वपा कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने भएका छन् ।  पोखरा सहिदचोकमा रास्वपा र सहकारी बचतकर्ता आमनेसामने भए...

ताप्लेजुङको आठराई त्रिबेणीमा आगलागी, ५ लाख बराबर क्षति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा गए राति एक घरमा आगलागी भएको छ ।  हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्...

सामूहिक बलात्कारपछि युवतीको हत्या गर्ने १० महिनापछि पक्राउ

कैलाली । गत वर्ष कात्तिकमा मृत फेला परेकी डडेल्धुरा अमरगढी नगरपालिका–२ की ३१ वर्षीया महिलालाई सामूहिक यौनसम्पर्कपछि अचेत अवस्थामा जंगलमा फ्यालिएको खुल...

पठाओ चालकको मोबाइल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं । पठाओ चालकको मोबाइल चोरेको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy