Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

पोखरामा एकातिर रविको पक्षमा र अर्कातिर सूर्यदर्शनका पीडितको प्रदर्शन

खबरडबली संवाददाता

काठमाडौं ।  सोमबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा फरक दुई दृश्य देखिएका छन । यी दुवै दृश्यमा जोडिएका पात्र भने एकजना अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् ।


पोखरास्थित जिल्ला प्रशासन कार्यालय परिसरबाहिर रास्वपा सभापति लामिछानेको पक्ष र विपक्षमा नाराबाजी जारी रहेको छ ।

सहिद चोकको चौतारीमा भेला भएको एउटा समूहले पूर्वगृहमन्त्री लामिछानेको पक्षमा नाराबाजी गरेको छ । पोस्टर र पम्प्लेटसहित जम्मा भएको उक्त समूहले रविलाई फसाउन लागिएको भन्दै सरकारको विरोधमा प्रदर्शन गरेको हो ।


रास्वपाका कार्यकर्तासहित केही दर्जनको संख्यामा रहेकाहरूले षडयन्त्र गरेर फसाउन लागेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

रविका समर्थकहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फाशिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । रविलाई फसाउन खोजिए आफूहरू प्रतिरोधमा उत्रिने उनीहरूको भनाइ छ ।

अर्कातिर सहकारी प्रकरणमा दोषी देखिइसकेको भन्दै रविलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी संस्थाका पीडित बचकर्ताहरूले प्रदर्शन गरेका छन् ।

पीडितहरूले ‘रवि लामिछानेलाई पक्राउ गर्’, ‘पीडितलाई न्याय दे’, ‘अपराधीलाई कारबाही गर’, ‘हाम्रो रकम फिर्ता गर्’ जस्ता नारा लगाए ।

सहकारीका बचतकर्ताको पैसा गोर्खा मिडियामार्फत ठगी गरेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालयको गेटसँगै उभिएर नाराबाजी गरेका छन् ।

 

पीडितहरूले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् । गोर्खा मिडियाका संस्थापक एवम् सञ्चालक पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परिसकेका छन् ।

उनलाई आइतबार नै बुद्ध एयरको जहाजबाट पोखरा लगेर म्याद थपिँदै छ । उनी गितेन्द्रबाबु राई ९जीबी० र रविका साझेदार हुन् । सहकारी छानबिन संसदीय समितिले यस प्रकरणमा छविलाई जस्तै रविलाई पनि दोषी देखाएको छ । तर रविले आइतबार राति पार्टी कार्यालयमा कार्यकर्ता उतारेर आफूलाई पक्राउबाट जोगाएका छन् ।

यसअघि रविको संलग्नतामा सहकारीको करोडौं रकम अपचलन गरिएको दाबीसहित सूर्यदर्शनका पीडितले २०८० माघ २२ गते जाहेरी दिएका थिए । त्यसबेला रविसहित गोर्खा मिडियासहित विभिन्न १८ सञ्चालक र सदस्य तथा संस्थालाई पनि विपक्षी बनाएर दिएको जाहेरीका आधारमा अहिले अनुसन्धान अघि बढेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending