Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

पोखरामा एकातिर रविको पक्षमा र अर्कातिर सूर्यदर्शनका पीडितको प्रदर्शन

खबरडबली संवाददाता

काठमाडौं ।  सोमबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा फरक दुई दृश्य देखिएका छन । यी दुवै दृश्यमा जोडिएका पात्र भने एकजना अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् ।


पोखरास्थित जिल्ला प्रशासन कार्यालय परिसरबाहिर रास्वपा सभापति लामिछानेको पक्ष र विपक्षमा नाराबाजी जारी रहेको छ ।

सहिद चोकको चौतारीमा भेला भएको एउटा समूहले पूर्वगृहमन्त्री लामिछानेको पक्षमा नाराबाजी गरेको छ । पोस्टर र पम्प्लेटसहित जम्मा भएको उक्त समूहले रविलाई फसाउन लागिएको भन्दै सरकारको विरोधमा प्रदर्शन गरेको हो ।


रास्वपाका कार्यकर्तासहित केही दर्जनको संख्यामा रहेकाहरूले षडयन्त्र गरेर फसाउन लागेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

रविका समर्थकहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फाशिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । रविलाई फसाउन खोजिए आफूहरू प्रतिरोधमा उत्रिने उनीहरूको भनाइ छ ।

अर्कातिर सहकारी प्रकरणमा दोषी देखिइसकेको भन्दै रविलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी संस्थाका पीडित बचकर्ताहरूले प्रदर्शन गरेका छन् ।

पीडितहरूले ‘रवि लामिछानेलाई पक्राउ गर्’, ‘पीडितलाई न्याय दे’, ‘अपराधीलाई कारबाही गर’, ‘हाम्रो रकम फिर्ता गर्’ जस्ता नारा लगाए ।

सहकारीका बचतकर्ताको पैसा गोर्खा मिडियामार्फत ठगी गरेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालयको गेटसँगै उभिएर नाराबाजी गरेका छन् ।

 

पीडितहरूले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् । गोर्खा मिडियाका संस्थापक एवम् सञ्चालक पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परिसकेका छन् ।

उनलाई आइतबार नै बुद्ध एयरको जहाजबाट पोखरा लगेर म्याद थपिँदै छ । उनी गितेन्द्रबाबु राई ९जीबी० र रविका साझेदार हुन् । सहकारी छानबिन संसदीय समितिले यस प्रकरणमा छविलाई जस्तै रविलाई पनि दोषी देखाएको छ । तर रविले आइतबार राति पार्टी कार्यालयमा कार्यकर्ता उतारेर आफूलाई पक्राउबाट जोगाएका छन् ।

यसअघि रविको संलग्नतामा सहकारीको करोडौं रकम अपचलन गरिएको दाबीसहित सूर्यदर्शनका पीडितले २०८० माघ २२ गते जाहेरी दिएका थिए । त्यसबेला रविसहित गोर्खा मिडियासहित विभिन्न १८ सञ्चालक र सदस्य तथा संस्थालाई पनि विपक्षी बनाएर दिएको जाहेरीका आधारमा अहिले अनुसन्धान अघि बढेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy