Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

आमन्त्रण गोल्डकपलाई निर्माता ज्योतिराज राईद्धारा सुन र चाँदि जडित ट्रफी

खबरडबली संवाददाता

काठमाडौं । फिल्म निर्माता तथा नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतिराज राईले ‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित रनिङ ट्रफी प्रदान गरेका छन् । आइतबार बेलबारीमा आयोजित एक बिशेष समारोहबिच उनले गोल्डकपका लागि रनिङ ट्रफी आफैले निर्माण गरेर आयोजकलाई प्रदान गरेका हुन् । एल एक्स सिटी फुटबल क्लब अध्यक्ष बीक्रम बान्तावा राई र बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले ट्रफि बुझेका थिए । 

निर्माता राईले उक्त ट्रफी आफ्ना स्व. बुवा मेजर एन.बि. रुङमाहाङ राईको स्मृति निर्माण गरिएको हो । ट्रफि निर्माणमा उनलाई परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानू राईले साथ दिएका छन् ।
कार्यक्रममा राईले ट्रफी तयार गर्न करिब ८ लाख रुपैयाँ लागेको जानकारी गराए । ‘खेलाडीहरुको हौसलाका लागि मैले ट्रफि बनाएको हो’, राइले भने ‘आगामी दिनमा पनि जे सक्छु खेलाडीको हौसलाका लागि सहयोग गर्छु ।’ उनले २०४८÷०४९ सालमा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेल आयोजना गरेको स्मरण गरे । 
निर्माता राईबाट प्राप्त ट्रफी तीन पटक लगातार विजेता बन्ने टोलीलाई ट्रफीको मुल्य अनूरूपको रकम प्रदान गर्ने आयोजकले जनाएको छ । 
कार्यक्रममा ट्रफी बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राइ र निर्माता राईको हातबाट अनावरण समत भयो । 
‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ मोरङको बेलबारी नगरपालिका – ११ लक्ष्मी खेल मैदानमा असोज ११ गतेदेखि १९ गतेसम्म आयोजना हुदैछ । प्रतियोगिताको आयोजना एल एक्स सिटी फुटबल क्लबले गर्दैछ । खेलकुदले स्थानीय खेलाडी र खेलकुदप्रेमीहरूलाई प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...

डोल्पामा हिलोसहितको बाढी घरमा पस्यो, एक महिलाको मृत्यु, चार घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...

महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...

बाम एकताको बहस फेरि तातियो, शीर्ष नेताभन्दा कार्यकर्ता एकताका पक्षमा

लुम्बिनीबाट प्रचण्ड–नेपालसहितका नेतालाई दबाब– ‘अब सहकार्य होइन, एकतामै जानुपर्छ’

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्द...

जंगली हात्तीको आक्रमणमा आमा छोराको मृत्यु

चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३, बे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending