Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

हरर कमेडी ‘फिरफिरे फिरिरी’ कार्तिक २२ छठ पर्वमा

खबरडबली संवाददाता

काठमाडौँ। हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। चलचित्र 'नौ डाँडा पारी', 'मंगलसुत्र' निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी चलचित्र निर्माणमा फर्किएका हुन्।

अब निरन्तर चलचित्र निर्माणमा लाग्ने उनको योजना रहेको छ। सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरंजन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ। यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

नबिन भट्टको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा चारजना पात्रहरुलाई देखाईएको छ। स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाहरुले तानातान गर्दै गरेको देखाईएको छ। चलचित्रको फर्स्टलुक संगै प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ। चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्।

‘फिरफिरे फिरिरी’ चलचित्रको नाम पहेलो रंगले हाईलाइट गरिेको छ जस्मा स्लोगन आज साईकल.. भोली फरारी लेखिएको छ।  यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा  जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy