काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ ।
राष्ट्रिय खेल सङ्घले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य सचिव टङ्कलाल घिसिङले बताए । डेक्सको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले विदेशी खेलाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिए ।
क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहजीकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिए । क्यानले आगामी मङ्सिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दैछ । एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाईज लिग सञ्चालन तथा आयोजना सम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।
डेक्स उद्घाटन कार्यक्रममा क्यानका सचिव पारस खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरी प्रशासकीय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: