Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

संखुवासभाको मादीमा भेटिएको ‘ह्यान्ड ग्रिनेड’ डिस्पोज

खबरडबली संवाददाता

संखुवासभा  । संखुवासभाको मादी नगरपालिका– ६ को सिरिसे भन्ने ठाउँमा भेटिएको शंकास्पद वस्तु (ह्यान्ड ग्रिनेड) नेपाली सेनाले डिस्पोज गरेको छ । 

मंगलबार बिहान करिब पौने ७ बजेतिर मादी–पिलुवा सडकबाट अन्दाजी २०–२५ मिटर तल रहेको भवानीप्रसाद दाहालको कोदो बारीको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीय २५ वर्षीय संजीव भुजेलले प्रहरीलाई खबर गरेका थिए । खबरपछि खाँदबारीबाट खटिएको नयाँ भैरवी दलको डिस्पोज टोलीले केहीबेर अघि सो वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । 

शंकास्पद वस्तु ३६ नम्बरको ह्यान्ड ग्रिनेड रहेको पाइएको छ । सो ग्रिनेड सशस्त्र द्वन्द्वकालमा छाडिएको हुन सक्ने सेना र प्रहरीले अनुमान गरेका छन् । डिस्पोज गरिसकेकाले कुनै खतरा नरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय संखुवासभाका विभिन्न ठाउँमा यस्ता शंकास्पद वस्तु भेटिन थालेका छन् । केही महिनाअघि जिल्ला प्रहरी कार्यालय परिसरमा समेत सुतली बम भेटिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।  बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर...

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।  बेलायतका प्र...

भाेलीदेखि चार दिनसम्म देशभर मौसम बदलीहुने, ५६ जिल्ला उच्च जोखिममा

काठमाडौं । नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौस...

एफसी यू–२० एसियन कप छनोट : आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । न्यू ताइपेइ सिटीमा हुने खेल अपरान्ह्र ३ बजे ...

उच्चस्तरीय व्यवस्थापन समूहको बैठक: साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढने निर्णय

काठमाडौं । अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयहरुलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिहरुमा समा...

एकताबद्ध हुनु अहिलेको आवश्यकता हाे: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन् ।  नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाट...

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने...

नागरिकको सुरक्षा पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन

रौतहट । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम ...

कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित गरेका छन् ।  तारामान गुरुङ प्रमुख रहेको उक्त...

कञ्चनपुरकाे शुक्लाफाँटामा रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै

कञ्चनपुर । रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy