चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–स्थित जलविरेमा दुई यात्रुवाहक बस र एउटा ट्रक आपसमा ठोक्किँदा २५ जना घाइते भएका छन्। दुर्घटनापछि सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुवाहक बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको अर्को यात्रुवाहक बस र सोही दिशाबाट आइरहेको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका २५ जनालाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था र परिचय खुल्ने क्रम जारी रहेको छ।
दुर्घटनाग्रस्त दुवै बस र ट्रक सडकमै रहेकाले नारायणगढ–मुग्लिन सडकखण्ड दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउन सुरक्षाकर्मीले क्रेनसहित उद्धार तथा व्यवस्थापनको काम गरिरहेका छन्।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार तथा नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। प्रहरीले वैकल्पिक मार्ग अपनाउन तथा अत्यावश्यकबाहेक उक्त सडक प्रयोग नगर्न यात्रु र सवारी चालकलाई अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - ०९:५९
रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...
श्रावण ३ गते, २०८३ - ०९:५३
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...
श्रावण ३ गते, २०८३ - ०९:४७
पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...
श्रावण ३ गते, २०८३ - ०९:४०
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...
श्रावण ३ गते, २०८३ - ०९:३६
सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...
श्रावण ३ गते, २०८३ - ०९:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...
श्रावण ३ गते, २०८३ - ०९:२१
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: